१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘ओलीविरुद्ध भ्रम फैलाउनेलाई सरकारले दण्डित गरोस्, प्रतिवाद गर्न एमाले पङ्क्ति सङ्कल्पबद्ध छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गर्ने तथा चरित्रहत्याको खेती गर्नेमाथि कानूनबमोजिम कारबाही अघि बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेका पौडेलले एमाले अध्यक्ष ओलीविरुद्ध भ्रमपूर्ण प्रचार गर्ने अपराधकर्ममा संलग्नहरूलाई दण्डित नगरे सरकारको नियतमाथि प्रश्न उठ्नेसमेत बताएका छन् ।

पौडेलले भने, ‘राष्ट्रको स्वाभिमान, जनताको समृद्धि र सामाजिक न्यायको निम्ति उचाइबाट नेतृत्व गर्नुभएको हाम्रो पार्टी अध्यक्षविरुद्ध जुन जुन प्रकारले नियोजित प्रहार र भ्रामक प्रचारबाजी गरिएको छ, यस्ता अपराधकर्ममा संलग्नलाई सरकारले दण्डित गरोस् । यदि सरकारले त्यस्ता व्यक्ति र आपराधिक जत्थालाई कारबाहीको दायरामा ल्याएन भने सरकार स्वयम् यस्तो अपराधकर्मको मतियार हो भनेर बुझ्नुपर्ने हुन्छ ।’

पछिल्लो समय बैंकको ऋण नतिर्ने अभियान चलाइरहेका व्यवसायी दुर्गा प्रसाईँले एमाले अध्यक्ष ओलीमाथि कम्बोडियाको टेलिकममा लगानी गरेको लगायतका आरोप लगाएका छन् । ओली नेतृत्वमा नेपालले चुच्चे नक्सा जारी गरेपछि भारतीय मिडियाले ३ वर्षअघि प्रसारण गरेको फेक रिपोर्टलाई उद्धृत गर्दै प्रसाईँले ओलीमाथि आरोप लगाएका भिडिओहरू भाइरल छन् ।

एमालेले प्रसाईँको भ्रमपूर्ण अभिव्यक्तिलाई आपराधिक कार्य भन्दै कानूनबमोजिम कारबाहीको लागि सरकारको ध्यानाकर्षण गराएको छ । ओलीले गणतन्त्र र धर्मनिरपेक्षको विकल्पमा अहिले कोही जान नसक्ने भन्दै राजतन्त्र फर्किन सम्भव नरहेको अभिव्यक्ति दिएपछि राजावादीहरूले नियोजित आक्रमण थालेको एमालेको दाबी छ ।

पौडेलले भने, ‘अहिले देशलाई अस्थिरता र द्वन्द्वमा लैजान खोज्ने देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले एमालेलाई कमजोर पारेरमात्र आफ्नो अभिष्ट पूरा हुने देखेका छन् । एमालेलाई कमजोर पार्न अध्यक्ष केपी शर्मा ओलीलाई कमजोर पार्नुपर्छ भन्ने उनीहरूको बुझाइ हो र हाम्रो नेतृत्वविरुद्ध चरित्रहत्याको प्रयास तिनीहरूले थालेका छन् । एमालेलाई कमजोर पार्ने र अन्ततः राष्ट्र र जनताको हितलाई अवरोध गर्ने षडयन्त्र हामीले बुझेका छौँ । नेकपा एमालेको समस्त पङ्क्ति, आम नेपाली जनता यस्ता प्रायोजित भ्रमहरू चिर्न, त्यस्ता षड्यन्त्रकारीलाई परास्त गर्न र पार्टीको मुख्य नेतृत्व अध्यक्ष कमरेड केपी ओलीको रक्षा गर्न सक्षम छन् । सबै प्रकारका लाञ्छना र प्रहारलाई परास्त गर्दै अविचलित भएर अघि बढ्न हामी सङ्कल्पबद्ध र सक्षम छौँ ।’

उपाध्यक्ष पौडेलले एमालेलाई कमजोर पार्न देशी विदेशी प्रतिक्रियावादी शक्तिहरूले विगतमा पार्टीभित्रका अवसरवादी र स्वार्थी तत्त्वहरूलाई प्रयोग गरेर विभाजनको प्रयास गरेकोसमेत बताए । सबै प्रकारका षड्यन्त्रहरू असफल भएपछि पार्टीको मुख्य नेतृत्वमाथि प्रहार केन्द्रित गरिएकोसमेत उनले बताए ।

पौडेलले भने, ‘विगतमा पनि कहिले हामीभित्रका स्वार्थी र अवसरवादी तत्त्वहरूलाई प्रयोग गरेर विभाजनको प्रयास गरिए । कहिले राज्यशक्ति र सत्ताको दुरुपयोग गरेर एमालेविरुद्ध प्रहार भए । कहिले हाम्रा नेताहरूको चरित्रहत्या गर्न प्रायोजित र झूट प्रचार गरे । यही सिलसिलामा अहिले हाम्रो अध्यक्षका विरुद्ध जुन प्रकारको लाञ्छनायुक्त भ्रामक प्रचार गर्दैछन्, तिनीहरूलाई कारबाही गरिएन भने एमालेले प्रतिवाद गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस