६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर महानगरविरुद्ध भ्रष्टाचार र बेथितिका एक वर्षमा डेढ सय उजुरी

अ+ अ-

काठमाडौँ । भरतपुर महानगरपालिकाले गरेको काममा भएका बेथिति, ढिलासुस्ती तथा सुशासनमा प्रश्न उठाएर विभिन्न सरोकारवाला पक्ष तथा व्यक्तिले महानगरको विरुद्धमा सरकारका विभिन्न निकायमा १४७ वटा उजुरी तथा गुनासो गरेका छन् ।

महानगरले गरेका विभिन्न कामबाट असन्तुष्ट सरोकारवाला पक्षले गत आर्थिक वर्षभरिका कार्यशैली तथा सुशासनमा प्रश्न उठाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेल्लो सरकार, सतर्कता केन्द्र र महानगरमा नै गरी ती उजुरी परेको हो ।

भरतपुर महानगरपालि आफैँले जिल्लाका सरकारी कार्यालयहरूको वार्षिक कार्य प्रगति समीक्षामा प्रस्तुत गरेको प्रतिवेदनअनुसार महानगरविरुद्धमा गत आर्थिक वर्षमा उक्त उजुरी परेका हुन् ।

तीमध्ये सबैभन्दा धेरै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ९६ वटा छन् । ९० वटा फर्छ्यौट भइसकेको छ । बाँकी ६ वटाको भने जवाफ पठाएको महानगरपालिकाले जनाएको छ ।

महानगरका अनुसार सुशासन तथा विभिन्न आयोजना, विद्यालय, बजार अनुगमनलगायतका विषयमा उजुरी परेका छन् ।

त्यसैगरी हेलो सरकारमा ४३ वटा उजुरी परेको थियो । तीमध्ये ८ वटाको जवाफ पठाएको, बाँकी ३५ वटाको टुङ्गो लागिसकेको पनि प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय सतर्कता केन्द्रमा एउटा मात्रै उजुरी परेको छ । सतर्कता केन्द्रको उजुरी भने टुङ्गिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस