१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डटपेन

अ+ अ-

आहा कति राम्रो पेन ! अफिसबाट अरु पनि ल्याउनु पर्थ्यो नि सविना- कविरले भन्यो । सविनाले ठुला आँखा पार्दै कविरतिर हेरी। कविरले फेरी भन्यो-  यति एउटा ल्याएको अरु पनि ल्याएको भए हुन्थ्यो नि राम्रो रहेछ।

सविनाले कविरको कुरामा ध्यान नदिई खुरुखुरु लेखिरहिन्। लेखिसकेर कपि बन्द गरिन्। सविनाले लेखेको पेन कविरले उठाएर एउटा कापीको पछाडि पाना पल्टाएर कोर्‍यो फेरी कापीमा आफ्नो नाम लेख्यो, आफ्नो सही गर्‍यो । कति राम्रो मसी रहेछ, नरोकीकन लेख्ने । अरुपनि छ सविना ? सविनाले मुन्टो हल्लाएर छैन भनी संकेत गरिन्।

कविर-  अरु ल्याउनु पर्थ्यो नि, राम्रो नरोक्किकन लेख्दो रहेछ। अफिसको त हो नि !

सविना- हजुरलाई पेन किन चाहियो लेख्नु पढ्नु छैन। मेरो पो बि एड को परीक्षा आउदैछ ।

कविर-के भो त राम्रो रहेछ। राखौला न । भोलि अफिसबाट लिएर आउ ल । फ्रि को सामान जति नि राखे के भो त !

सविना- यो अफिसबाट ल्याएको होइन, आफै किनेको ।

कविर- कतिमा किनेको ?

सविना- चालिसमा ।

कविर- आम्मामा चालिसमा ! किन किनेको घरमै जति नि पेन थियो त। चाहिएको भए बरु मलाइ भनेको भए म मेरो अफिसबाट मागेर ल्याइदिन्थे त ! किन खर्च गरेको ? अबदेखि कति पेन चाहिन्छ भने म मेरो अफिसदेखि ल्याइदिन्छु। किन्ने काम छैन।

सविना- अफिसमा फ्रीमा पाइन्छ भनेर मिस युज त गर्न भएन नि ! अरु कपीहरू किन्दा यो पेन देखे राम्रो लाग्यो किने । फेरी अघि तपाइ आफैले राम्रो पेन रहेछ भनेको होइन । कस्तो मान्छे होला ! भोलि एक प्याकेट किनेर ल्याई दिउला न ।

कविर- पर्दैन पर्दैन । अफिसबाट फ्रीमा ल्याएको होला भनेर पो अरु ल्याऊ भनेको । किनी किनी पैसा खर्च गरेर किन ल्याउनु ? पर्दैन ल्याउन । घरभरि पेन छ । बरु म अफिसबाट अरु ल्याउला । जति ल्याए नि भो ! व्यवस्थापनको जिम्मा मेरै हो अफिसमा ।

सविना- अफिसको पेन घरमा थुपारेर के गर्नु तपाईको अफिसमा जो काम गर्छन् अनि अध्ययन पनि गर्छन्, उनीहरूलाई दिनु नि प्रयोगमा आउँछ। घरमा लोभ गरेर ल्यायो प्रयोग नगरो मसी सुकेर नलेखेपछि फाल्नुपर्छ । बित्थामा के को लोभ हो के ?

कविर- म त एउटा स्टाफलाई एउटा पेन भन्दा दिन्न । जति दिए नि पुग्दैन । दुई दिनमा सकियो भन्दै आउँछन् । चोरेर घर लान्छन् । अनि सकियो भन्छन् । कन्ट्रोल नगरी हुन्न ।

सविना- अफिसको सम्पत्ति अफिसमा काम गर्ने कर्मचारीहरुलाई दिन के को लोभ हो ? कर्मचारीलाई आवश्यक हुने न्यूनतम कुरा त अफिसले उपलब्ध गराउनु पर्छ नि, अनि पो स्टाफले मन लाएर काम गर्छन् । जाबो पेन दिन लोभ गर्नेले अरु सामान के दिनु हुँदो हो ! अचम्म लाग्छ । मुसुमुसु हाँस्छे ।

कविर- तिमि चुप लाग, के थाहा कर्मचारीलाई सुविधा दिएर मातिन्छन् । फेरी खर्च बचाए आफैलाई लाभ हुने त हो ।

सविना- लाभ हुन्छ भन्दैमा न्यूनतम आवश्यकताको लागि आएको खर्च एक्लै कुम्लाउने होइन नि ! तलब आइहाल्छ किन पो लोभ गरेको हो हजुरले ? अरुलाई चाहिने सामान दिएर बाचेको पो लाभ हो त दिँदै नदिई बचेको त लोभ हो ।

कविर- किन तिम्रो अफिसमा तिमिलाई चाहिने सबै दिएको छ त व्यवस्थापकले ? जाबो एउटा डटपेन त दिँदैन रहेछ ।

सविना- दिन्छ नि । यो त मन परेर र पो किनेको त जाबो एउटा पेनको निहुँमा अनावश्यक तर्क गरेर समय बर्बाद ! त्यतिन्जेल काम सघाए हुने नि ! त्यत्रो दिमाग अफिसको व्यवस्थापनमा लाउनु नि । किन पेनमा दिमाग लगाको हो ? तपाइले पेनमा दिएको समय आफ्नो अफिसको व्यवस्थापन राम्रो कसरी गर्ने, सरसफाइ कसरी व्यवस्थापन कसरी गर्ने, उत्पादकत्व कसरी वृद्धि गर्ने , बोनस कति बाँड्दा स्टाफ खुसी हुन्छन्, अफिसलाई के के आवश्यक छ त्यसमा पो ध्यान दिने हो त अनि पो अफिस राम्रो बन्छ अनि देश बन्छ । मैले किनेको रु ४० को पेनमा दिमाग लगाएसी अफिस अनि देश कसरी बन्छ त !

कविर- ए हिजो आएको फुच्चीले मलाइ सिकाउने ? तिमिले सिकाउनु पर्दैन। मलाइ थाहा छ, अफिस कसरी चलाउने भनेर । बोसलाई खुसी पारेको छ । आफ्नो काम गरेको छ । देश त नेताले पो बनाउने हो त । देश राम्रो भए स्वतः स्टाफको राम्रो भइहाल्छ नि । राज्यले तलब भत्ता बढाए स्टाफको नि बढिहाल्छ नि । अरु के सुविधा चाहियो र !

सविना- नबुझ्नेलाई बुझाउन सजिलो हुन्छ तर बुझेर बुझ पचाउनेलाई के भन्नु के ! सुन्नु  पहिले मेरो अफिसमा पानीको व्यवस्थापन थिएन । म घरबाट बोतलमा पानी लिएर जान्थे । पानी बोक्न बिर्सिएमा किनेर खान्थे । अहिले आएको नयाँ व्यवस्थापकले फिल्टर, धारा, गिलास, बोतल, थर्मस, हटपटको व्यवस्था गरेको छ । पानी बोक्ने हैरान छैन । पानी ठिक पार्ने समयको बचत भएको छ । पानी बोक्न बिर्सँदाको टेन्सन हराएको छ । सुन्दा सानो कुरा हो तर यसले दिमागको ठाउँ ओगटेको थियो र हाल दिमाग फुर्सदिलो भयो । त्यस्तै अहिले मलाइ लिन अफिसको गाडी आउँछ ।

अफिसको लागि गाडी किन्ने बजेटले व्यवस्थापक तथा बोसले आफ्नो लागि पर्सनल गाडी नकिनेर मिनिबस किनेको छ । पहिलेको जस्तो गाडी पर्खिने, जाममा पर्ने, ढिलो हुने समस्या छैन । ठिक समयमा आफू निस्कँदा अफिसको गाडी लिन आइपुग्छ । पहिले हालको समय भन्दा आधा घण्टा पहिले निस्कँदा नि गाडी पाउँदिन थे । मेरो साथी स्कुटरमा आउँथिन, कहिले स्कुटर बिग्रिएर न छाड्नु न त अफिस जानु हुन्थ्यो, अहिले स्कुटरमा जाँदा बिग्रिएमा अफिसको गाडी लिन पुग्छ । पहिलेको डर त्रास हाल विश्वासमा परिणत भएको छ । बाटोमा व्यतीत हुने समय, हतारिने समय अहिले आनन्दको समय भएको छ, सृजनशील भएको छ । अफिसको एउटै तेलबाट एउटै मिनिबसले सबै कर्मचारीहरूलाई समयमै अफिस पुर्‍याएको छ। 

ढिलो गर्ने कर्मचारीलाई नि बस छुट्ने डरले समयमै आउने गरी तह लाएको छ । खाजाको पैसा अफिसले तिर्न थालेदेखि अफिसको उत्पादकत्व पनि बढेको छ । पहिले हामी खाजा खान जाँदा ३० मिनेटको समयमा १ घण्टा बढी बिताएर आउँथ्यौ । अहिले अफिसले तिरेको भने पछि अफिसप्रतिको माया बढेको छ । र, समयमा नै आफ्नो कार्यकक्षमा प्रवेश गर्दछौ ।

न्यूनतम आवश्यकताका सामाग्री सकिएर माग्नु पूर्व नै आ-आफ्नो टेबलमा आइपुग्छ । फाँट कर्मचारी को कसलाई पेन, मसी, फोटोकपी पेपर, कार्टेज, स्केल, स्ट्याम मसी, फाइल, कपडा, दराज, र्‍याक, टेबल , रजिष्टर, बिल, स्टिच मेसिन/पिन, ग्लु के आवश्यक छ नमागीकन समय समयमा चेक गरी आफै उपलब्ध गराउँछन् । पङ्खा, कम्प्युटर, प्रिन्टर, क्यालकुलेटर, ब्याट्री, नेट, बत्ती बिग्रिएमा तुरुन्त मर्मत गर्न लगाउँछन् । पहिलेको व्यवस्थापकले पेपर माग्न जाँदा नि व्यक्तिगत काममा युज गरेजस्तो व्यवहार गर्थे । अहिले कति आनन्द छ अफिसियल तनाव छैन । कसले के भन्ला कि भन्ने डर छैन ।

राज्य र व्यवस्थापक फरक हो । राज्यले समानताको कुरा गर्दा व्यवस्थापकले समता कायम गर्न सक्नु पर्छ । राज्यले बढाएको तलब भत्ता कर्मचारीको लागि प्रोत्साहन हो भने व्यवस्थापकले निर्माण गरेको उचित कार्य वातावरण उत्प्रेरणा हो । हौसला हो । कामप्रतिको एट्याचमेन्ट हो । माया विश्वास हो । तसर्थ आफूले काम गर्ने वातावरण भौतिक रूपमा सफा, स्वच्छ, सुरक्षित र व्यवस्थित हुनुपर्छ । बनाउनु पर्छ । अफिसमा उपलब्ध भएको स्रोत साधन कोहीले सबै युज गर्ने कसैले केही पनि युज नगर्ने भन्दा सबैले आ-आफ्नो अनुकूल स्रोत साधन युज गर्ने हो नि !

कसैले क्वाटर होला, कसैले बत्ती पानी होला, कसैले बाइक होला, कसैले कम्प्युटर होला । अफिसमा आएका कार्यक्रममा पनि सबैले पालैपालो सहभागी गराउने । हाम्रो पहिलेको व्यवस्थापक अफिसमा आएका गोष्ठी, सेमिनार, तालिम कार्यक्रम सबैमा उही भाग लिन्थ्यो । अरूलाई दिदैन थियो । अहिलेको व्यवस्थापकले आवश्यकता, प्राथमिकता हेरी सबैलाई पालो पालो कार्यक्रमहरूमा सहभागी गराउँछन्, जसले गर्दा पनि व्यवस्थापक प्रतिको सम्मान सबै कर्मचारीको तर्फबाट उच्च छ । विश्वास छ । भरोसा छ । डर त्रास छैन ।

कविर- म चुप लागेर बसे भनेर पुराण नसुनाऊ न । तिम्रो अफिसमा पो मिनिबस छ । मेरोमा त छैन नि । तिम्रो अफिसको बजेट राम्रो होला मेरोमा बजेट कम छ । म आफै अफिसको बाइकमा जान्छु कहाँबाट ल्याउनु बस ?

सविना- त्यही बाइकमा अफिस जाँदा बाटोमा को स्टाफको पर्छ उहालाइ लग्दा भैहाल्छ त । कम्तीमा अफिसको एउटै तेलले २ जना स्टाफलाई त ओसार्छ नि !

कविर- बेकारको हैरान । आफू कुन टाइममा हिँडिन्छ ।

सविना- इच्छा हो । अरु के भन्नु र ! ए साँच्ची हाम्रो ल्यापटपको किबोर्ड चलेन बनाउनु पर्ने थियो । मेरो रिपोर्ट तयार गर्नुछ क्याम्पसको लागि ।

कविर- ल्यापटप किन बनाउनु परो र ! बनाएसी यो बिग्रियो त्यो बिग्रियो भन्छ । पैसा मात्र खर्च हुन्छ । मेरो अफिसमा २/३ वटा खाली छ एउटा त्यही ल्याई दिउला न ।

सविना- आफ्नो ल्यापटप नचलाएर किबोर्ड नचल्ने भएको छ । अफिसको किन ल्याउनु आफ्नै छ त । बनाएर रेगुलर चलाउँदा भयो नि, नचलाई राखेर बिग्रेको हो के !

कविर-अफिसको राम्रो चलिराछ के । पहिलेको बोसले चलाएको । नयाँ हालको बोसको लागि नयाँ किनेको हो के । त्यो पुरानो नि किनेको धेरै भएको छैन । नयाँ मोडलको हो, सिस्टम राम्रो छ । त्यही ल्याइदिन्छ चलाउन । बिग्रियो भने फेरी अफिसमै बुझाउला न ।

सविना- आफ्नो सामान बनाएर अपडेट गराएर राखौँ भनो, के भन्नु र खै ?

कविर- भो भो अहिले बनाउनु पर्दैन । अफिसको सामान बनाएको बेला बनाउला । खर्च गर्ने कुरा नगर न ।

उफ् (सविनाले टाउकोमा हात लाउँदै) म त तपाइसँग सक्दिन । कति लोभ गरेको हो ।

कविर- लोभ हैन, व्यवस्थापन गरेको हो । व्यवस्थापकले यति त गर्नै परोनी ! सविना छोड यी कुरा । कुरो र कुलो जता लग्यो त्यतै जान्छ । म एउटा कुरा भन्छु मान ल ।

सविना- ल ल भन्नु के हो ?

कविर- डटपेन म ल्याइदिन्छु, नकिन ल अब ।

लामो सास लिएर कुर्सिमा थचक्क बस्छे सविना (नसक्ने भए लोभ हटाउन भनी मनमनै सोच्दछे)। कविरको आँखा भने त्यही डटपेनमा एकोहोरिन्छ ।

यो काल्पनिक कथा हो ,यदि कोही कसैमा मेल खाएम संयोग मात्र हुनेछ।

प्रतिक्रिया दिनुहोस