२६ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमा नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरी निगरानी

अ+ अ-

विराटनगर । भारतसँग सीमा जोडिएका कोशी प्रदेशका जिल्लाहरूमा प्रहरीले पर्वलक्षित जाँच अभियान सुरु गरेको छ । यस क्रममा झापाको भद्रपुरस्थित सीमा नाकामा विशेष तालिमप्राप्त कुकुरको प्रयोग गरिएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार सीमावर्ती क्षेत्र तथा नाकाहरूमा कडाइका साथ जाँचसहित निगरानी भइरहेको जनाइएको छ ।

भद्रपुर नगरपालिका-५ स्थित मेची पुल तथा आसपासका क्षेत्रमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले दुई वटा तालिमप्राप्त कुकुर प्रयोग गरी जाँच गरिरहेको छ ।

सीमा नाकाबाट आवत जावत गर्ने सवारी साधन तथा शङ्कास्पद व्यक्तिहरूको जाँच भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

तिहारअघि ठूलो परिमाणमा पटाका भित्र्याउने गरिएका नाकाहरूमा पनि विशेष निगरानी भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि विराटनगरस्थित सीमावर्ती नाका जोगबनीलगायत नाकाहरूमा प्रहरी टोलीले जाँच तथा निगरानी गर्दै आएको छ ।

यसबाहेक प्रदेशका १४ वटै जिल्लामा पनि पर्वलक्षित सुरक्षा योजनाअनुसार काम भइरहेको जनाइएको छ ।

कोशी प्रदेशअन्तर्गत रहेका मुख्य सीमा नाकासहित अन्य नाकाहरू तथा आसपासको सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागू औषध ओसारपसार, विस्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि टोलीहरू परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दसैँ सुरु भएदेखि नै प्रदेश प्रहरी कार्यालयले चाड पर्व सुरक्षा कार्य योजना २०८० अनुसार निगरानी गर्न थालेको हो ।

योजनाअनुसार प्रदेशमा ७ हजार ५ सयभन्दा बढी प्रहरी जनशक्ति परिचालन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस