६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा जनमत सिर्जना गर्न लिङ्देनको आह्वान

अ+ अ-

टेक्सास । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा विश्वभर रहेका नेपालीहरूले जनमत निर्माण गर्नुपर्ने बताएका छन् । उनले भूगोलको नेपाल मेची महाकालीमा समेटिएको भएपनि भावनाको नेपाल संसारभर छरिएको र तिनलाई कसैले उपेक्षा गर्न नसक्ने बताए ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाले टेक्ससको ड्यालसमा आयोजना गरेको तेस्रो अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष लिङ्देनले नेपाली अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहेको नेपाली डायस्पोरालाई नेपाल निर्माणको साझेदार बनाउनुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्देन नेतृत्वको राप्रपाको टोली यतिबेला अमेरिका भ्रमणमा रहेको छ । अध्यक्ष लिङ्देनले नेपाली राजनीतिमा पुस्ता हस्तान्तरण र नेतृत्व परिवर्तनको कुरा लामो समयदेखि उठिरहेको भएपनि राप्रपाले व्यवहारिक रूपमै आफ्नो पार्टीमा नेतृत्व परिवर्तन गरेको, पार्टीलाई नयाँ दिशा प्रदान गरेको बताए ।

उनले राष्ट्रिय राजनीतिमा राप्रपालाई आशालाग्दो शक्तिका रूपमा उभ्याएको दाबी दाबी गर्दै पार्टीमा अझै धेरै मिहिनेत गर्न बाँकी रहेको बताए । उनले देशलाई यथास्थितिबाट मुक्त गराउन लामो राजनीतिक जीवन बिताएकाहरूले विश्राम लिनुपर्ने बताएका छन् ।

लिङदेनले भने,‘नयाँ परिवर्तनको जनचाहनालाई अब परम्परागत नेतृत्वले नेतृत्व प्रदान गर्न सक्दैन, मैले अमेरिकामै पनि विभिन्न व्यक्ति र समूहसँगको व्यक्तिगत र सामूहिक भेटमा त्यस्तो धारणा पाएको छु । राप्रपाले उठाएको राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा केवल कोही व्यक्तिलाई राजा बनाउने र कुनै जात र धर्म विशेषलाई प्रोत्साहित गर्नको लागि नभई यो एजेण्डा नेपालको पहिचान, एकता र स्थायित्वका लागि हो । ढिला चाँडो नेपाल त्यहाँ नपुगी छाड्दैन, अर्को बाटो पनि छैन । कुनै राजनीतिक पक्ष र शक्तिलाई निषेध नगरौँ भन्ने राप्रपाको प्रस्ट दृष्टिकोण रहेको छ । प्रवासमा रहेर यो एजेण्डाको पक्षमा जनमत सिर्जना गर्न राप्रपाले तपाइहरूको साथ, समर्थन र ऐक्यबद्धता खोजेको छ ।

अधिवेशनलाई अध्यक्ष राजेन्द्र लिङदेन, पार्टीका नेता पूर्व मन्त्री प्रेमबहादुर भण्डारी ,पानस आइसिसी अध्यक्ष प्रेमकुमार श्रेष्ठ, सहायक महामन्त्री विजय खडका, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, केन्द्रीय सदस्य लोक तिवारी, पानस सल्लाहकार प्रेम चौलागाई, एनआरएनए अमेरिकाका उपाध्यक्ष ज्ञानेन्द्र गुरुङ, सिटी काउन्सिल मेम्बर टिका पौडेल, चिकित्सक एवं गत निर्वाचनमा काठमाडौं क्षेत्र नं ५ का राप्रपा उम्मेदवार डा. रामप्रसाद उप्रेती, नेपाल अमेरिका पत्रकार सङ्घका अध्यक्ष सुरज भण्डारी, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले लगायतले सम्बोधन गरेका थिए ।

अधिवेशनले टेक्ससका रवि रावलको अध्यक्षतामा पानस अमेरिकाको २१ सदस्यीय नयकका नेतृत्व सर्वसम्मतिले चयन गरेको छ । यसैगरी उपाध्यक्ष दिपु भुसाल, (टेक्सास) नरेन्द्र शाह (न्युयोर्क), बामदेव अर्याल (मेरिल्याण्ड), केमिका भण्डारी (मेरिल्याण्ड) चयन भएका छन् । महासचिव डा.शङ्कर बिशुंख,सचिव गोविन्द सिंह ठकुरी र कोषाध्यक्ष रामशरण श्रेष्ठ चुनिएका छन् ।

प्रतिक्रिया दिनुहोस