७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनआरएनएको बैंक खाता रोक्का गर्न निवेदन

अ+ अ-

काठमाडौँ। गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को पराजित पक्षले सङ्घको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएको छ ।  पराजित पक्षले गठन गरेको कार्यसमितिका अध्यक्ष आरके शर्माले ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् ।

ती बैंकमा पत्राचार गरिएको र यसबारे परराष्ट्र र सङ्घका प्रमुख कार्यकारी अधिकारी अधिकृत (सिइओ) राजेन्द्रकुमार राउतलाई पनि जानकारी गराइएको शर्मा नेतृत्वको एनआरएनएका महासचिव बुद्धि सुवेदीले जानकारी दिएका छन् । 

अध्यक्ष शर्मासहितका पदाधिकारी नियमित कार्य सञ्चालनका लागि भन्दै बालुवाटारस्थित सङ्घको कार्यालयमा पुगेका थिए । तर, अध्यक्षको कोठा बन्द गरिएका कारण शर्माले प्रवेश गर्न पाएनन् । त्यसपछि उनले सीईओसहितका कर्मचारीसँग छलफल गरेका थिए । त्यसै क्रममा शर्माले सङ्घको नाममा रहेका कुनै पनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको ताला चाबी जिम्मा लगाउन सीईओलाई आग्रह गरेका थिए । तर, त्यस क्रममा राउतले सङ्घको सम्पूर्ण तालाचाबी डा. बद्री केसीसँग रहेको जानकारी गराएका थिए ।

भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष शर्माले एनआरएनएको १८ वटै बैंक खातामा विश्वभरका नेपालीको सम्पत्ति रहेकाले कुनै अमुक र स्वघोषित अध्यक्षको निर्देशनमा सञ्चालन गरिनु अवैध हुने भएकाले तत्काललाई रोक्का गर्नुपर्ने बताएका छन् । 

शर्माले नेतृत्व गरेको एनआरएनए आइसिसीले आधिकारिकताको दाबी गर्दै गत शुक्रबार नै परराष्ट्र मन्त्रालयमा निवेदन दिइसकेको छ । 

प्रतिक्रिया दिनुहोस