८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौतमबुद्ध विमानस्थलमा नियमित उडानको माग गर्दै व्यवसायीद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान हुन नसकेपछि यहाँका व्यवसायी पुनः आन्दोलित भएका छन् ।

राज्य र निजी क्षेत्रको अर्बौँ लगानी अन्तर्राष्ट्रिय उडान हुन नसक्दा डुब्न लागेको भन्दै व्यवसायी आन्तरिक उडान तथा सीमा नाकामा अवरोध गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । उनीहरूले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ध्यानाकर्षण गराएका छन् ।

यहाँ विमानस्थल निर्माण मुआब्जासहित ४० अर्बभन्दा माथि सरकारी रकम खर्च भएको छ । अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरेर तारे होटेल र अन्य व्यवसायमा झण्डै ८० अर्ब लगानी भएको व्यवसायीको भनाइ छ । नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा लगानी डुब्ने भन्दै यहाँका विभिन्न ३२ वटा संस्थाले संयुक्त रूपमा आन्दोलनको घोषणा गरेका हुन् । रिले अनसन बस्नेदेखि आन्तरिक उडान रोक्ने र सीमा नाका बेलहिया अनिश्चितकालका लागि बन्द गर्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको उनीहरूको भनाइ छ ।

३५ दिनको अल्टिमेटम दिएर आन्दोलन घोषणा गरेको सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । सञ्जालले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै तत्काल समस्या समाधान गर्न आग्रह गरेको उनले बताए । व्यवसायीले पर्यटनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोष पाण्डेको पनि ध्यानाकर्षण गराएका छन् ।

सञ्जालले १५ गतेदेखि विभिन्न क्षेत्रका सङ्घसंस्था, ट्राभल्स, एयरलाइन्सलगायतलाई पत्राचार गर्ने, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नगरपालिका, गाउँपालिकालगायतका सरकारी निकाय तथा जनप्रतिनिधिहरूलाई भेटी आन्दोलनमा ऐक्यबद्धताका लागि आग्रह गर्ने तयारी गरेका छन् ।

यसैगरी, आन्तरिक उडान रोक्नका लागि विभिन्न एजेन्सीहरूलाई टिकट नकाटी आन्दोलनमा ऐक्यबद्धता जनाउन आग्रह गर्ने र नियमित उडानको माग गर्दै भैरहवामा शान्तिपूर्ण र्‍याली गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस