१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्मल पुर्जासहित १३ जनाले गरे स्याङबोचेमा स्काई डाइभ

अ+ अ-

काठमाडौँ । नेपाललाई स्काई डाइभको गन्तव्य बनाउने उद्देश्यले आरोही निर्मल पुर्जा (निम्सदाई) सहित १३ जनाले खुम्बु क्षेत्रको स्याङबोचेमा स्काई डाइभ गरेका छन् ।

आरोही पुर्जाका अनुसार सिम्रिक एयरको बीथ्री-ई हेलिकप्टरबाट उनीसहित दुई महिला र एक नेपालीसहित १३ जनाले २३ हजार फिट उचाइबाट हाम फालेका थिए । जसमा ६ जनाले स्काई डाइभ पाइलटको मद्दतमा टेन्डम डाइभ गरेका थिए भने ७ जनाले सोलो (एकल) स्काई डाइभ गरेका थिए ।

‘आइत र सोमबार गरी दुई दिनमा १३ जनाले स्काई डाइभ गरे,’ यसको नेपालमा व्यवस्थापनको जिम्मा लिएको इलाइट स्काई डाइभिङ प्रालिका प्रबन्ध निर्देशक मिङमा डेभिड शेर्पाले भने,‘ एकपटकको उडानमा ४ जना हेलिकप्टरमा स्याङबोचेबाट उड्थे । १५ मिनेटको उडानपछि २३ हजार फिटबाट जम्प गरेर सगरमाथा लगायतका हिमालको दृश्यावलोकन गर्दै स्याङबोचेमै अवतरण गर्थे ।’

उनका अनुसार यस पटकको स्काइ डाइभ चौथो संस्करणको हो । पहिलो संस्करण चर्चित टेलिभिजन प्रस्तोता एडवर्ड माइकल (बियर ग्रिल्स) बाट सुरुआत गरिएको थियो । ‘हामी अर्को वर्ष सगरमाथा दिवसका दिन खुम्बु क्षेत्रमा विश्वभरका चर्चित डाइभरको उपस्थितिमा बृहत् मेला आयोजना गर्ने तयारीमा छौँ,’ उनले भने,‘त्यसैका लागि यसपटक विश्वभरका चर्चित स्काई डाइभ पाइलटहरूलाई ल्याएर यो कार्यक्रम गरेका हौँ ।’

पुर्जाको बेलायतस्थित स्काई डाइभ्स निम्सदाई कम्पनीमार्फत यसपटक चर्चित विश्व च्याम्पियन एस्पेन फडनेससहित केभिन थोमस म्याकनाली, माइकल एन्ड्रयू, डेनियल हन्ट, स्टिफन ह्यान्डली, स्यामुयल पिटर स्टिभेन्स, रिर्चड जेसन ह्युजेस, एम्बर कुज फोर्ट, भेलिया अल्फर्ड, लकलान गिलबर्ड र एलेक जोन्स काठमाडौं हुँदै स्याङबोचे पुगेका थिए । त्यस्तै नेपाली ओमकुमार पौडेल थिए ।

नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार इलाइटलाई कार्तिक १० गते शुक्रबारदेखि १९ गते आइतबारसम्म सगरमाथा क्षेत्रको स्याङबोचे र अमादब्लम आधार शिविर क्षेत्र सम्म स्काई डाइभिङ क्रियाकलाप गर्न अनुमति दिइएको थियो । स्काई डाइभिङ सञ्चालन भइरहँदा त्यस क्षेत्रमा अरु हेलिकप्टर उडाउन निषेध गरिएको लुक्ला विमानस्थल प्रमुख उमेश कुमार पन्थीले बताए ।

१२ हजार फिट उचाइमा रहेको स्याङबोचेबाट उडेको हेलिकप्टरबाट स्काई डाइभरले सगरमाथाबाहेक, मकालु, कञ्चनजङ्घा, ल्होत्से, चोयू, अमादब्लम लगायतका दर्जनौँ हिमालको दृश्यावलोकन गर्दै स्याङबोचेमै अवतरण गरेका थिए । यसपटक कतिपयले दोहोर्‍याइ तेहर्‍याइ पनि स्काई डाइभको मज्जा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस