१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई सचिवका लागि चार वरिष्ठ सहसचिवको नाम सिफारिस 

अ+ अ-

काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले रिक्त दुई सचिव(विशिष्ट श्रेणी) पदका चार जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ एक जनाका लागि तीन र प्राविधिकतर्फ एकका लागि एक सहसचिवको नाम सिफारिस गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुशार प्रशासन तर्फ रिक्त एक सचिवका लागि राधिका अर्याल, चूडामणि पौडेल र डा. हरिप्रसाद लम्सालको नाम सिफारिस गरेको हो भने प्राविधिक तर्फ ज्येष्ठतामा विश्व बाबु पुडासैनीको नाम सिफारिस गरिएको छ । 

पहिलो नम्बरमा सिफारिस अर्याल लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी), की कायम मुकायम प्रमुख सचिव छिन् भने पौडेल कर्णाली प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वीरेन्द्रनगर, सुर्खेतमा कायम मुकायम प्रमुख सचिवमा कार्यरत छन् । गत भदौ दोस्रो साता सचिव बढुवा सिफारिसमा परेका वरिष्ठ तीन जनामध्ये पहिलो नम्बरका दिनेशकुमार घिमिरे सचिवमा बढुवा भएसँगै बाँकी दुई जनालाई रिक्त प्रदेश प्रमुख सचिवमा कामु दिई पठाइएको थियो । 

र, तेस्रो नम्बरमा सिफारिस परेका डा. लम्साल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा कार्यरत छन् । 

प्रशासन तर्फ डा. दामोदर रेग्मीको ठाउँमा रिक्त हुन आएको सचिव पदमा तीनमध्ये एक जनालाई सचिवमा बढुवा हुनेछन् । 

यसैगरी यही कार्तिक ६ गते अर्जुन जङ्ग थापाको अनिवार्य अवकाशसँगै रिक्त हुन आएको प्राविधिक सहसचिवमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव विश्व बाबु पुडासैनीको एकल सिफारिस भएको छ । 

पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुख रहेका पुडासैनी पाँचौँ पटकको सिफारिसमा सचिव हुने भएका छन् । उमेर छँदै भएका कारण निर्धक्क रहेका उनी ज्येष्ठता अर्थात् २० प्रतिशतमा स्वतः सचिव हुनेछन् । निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन(८० प्रतिशत)का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन वरिष्ठ सहसचिव र पाँचौँ पटक ज्येष्ठता(२० प्रतिशत)बाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार सबैभन्दा ज्येष्ठ सहसचिव पुडासैनीको नाम मात्रै सिफारिस भएको हो ।

अब बस्ने मन्त्रिपरिषद्को बैठकले प्रशासनतर्फ तीन जनामध्ये कुनै एक र प्राविधिक तर्फ एकल नाम सिफारिस गरिएका पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गर्नेछ । 

प्रतिक्रिया दिनुहोस