८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीको पेट्रोल पम्पलाई एक लाख जरिवाना, चार पम्पमाथि अनुसन्धान जारी

अ+ अ-

काठमाडौँ । गुणस्तर तथा नापतौल विभागले सशस्त्र प्रहरीको हलचोकस्थित पेट्रोल पम्पलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । कम परिमाणमा डिजेल बेचेको छानबिनमा पुष्टि भएपछि जरिवाना गरिएको विभागले जनाएको छ । 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनमा उक्त पेट्रोल पम्पमा रहेको डिजेलको एउटा नोजलबाट २५ एमएल कम डिजेल आएपछि कारबाही गरिएको हो । पाँच लिटरमा जाँच गर्दा २५ एमएलसम्म कम डिजेल आएको गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँका सूचना अधिकारी निराजन पुडासैनीले जानकारी दिए । उनका अनुसार ऐन नियमले दिएको घट बढीको हद पाँच लिटरमा १५ एमएलसम्म रहेको छ ।

कार्तिक १ गते भएको अनुगमनमा सो पम्पको एउटा नोजलबाट कम परिमाणमा डिजेल  आएपछि कार्यालयले प्राविधिकसहित थप अनुसन्धान गरेको थियो । अनुसन्धानमा पनि कम परिमाणमा डिजल आएपछि अधिकतम एक लाख रुपैयाँ जरिवाना गरिएको हो । सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक एवम् प्रवक्ता राजेन्द्र खड्काले पाँच पटक परीक्षण गर्दा एउटा नोजलमा दुई पटक कम परिमाणमा पेट्रोल आएको बताए । उनले भने, ‘नापतौलकै कर्मचारीले सेट गर्ने भएकाले हाम्रा मान्छेले चाहेर पनि तलमाथि हुने कुरा भएन । कुनै इन्टेन्सनले गरेको पनि होइन ।’

यसैगरी टोलीले दसैँ अघि गरेको अनुगमनमा काठमाडौँ उपत्यकाका अन्य चार वटा पेट्रोल पम्पमा पनि कम परिमाणमा पेट्रोलियम पर्दाथ विक्रिवितरण भएको पाइएको थियो । भ्यालीबाबा सप्लार्यस, तीनकुने (पेट्रोल २० एमएल कम), श्यामा आयल, कलङ्की (डिजेल २० एमएल कम), हरिसिद्धी आयल स्टोर, नयाँ बानेश्वर (दुई वटा नोजलमा पेट्रोल ३० एमएल कम) र महालक्ष्मी विश्वकर्मा टेडर्स, सातदोवाटो (डिजेल २५ एमएल कम)मा कम परिमाणमा डिजेल र पेट्रोल वितरण भएको पाइएको थियो ।

सम्बन्धित समाचार : सशस्त्र प्रहरीकै पेट्रोल पम्पबाट ठगी, कम परिमाणमा पेट्रोल बिक्री गरेको भेटिएसँगै सिल 

कैफियत भेटिएका चार वटा पेट्रोल पम्पमाथि कारबाही प्रक्रिया अगाडी बढाएको पुडासैनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस