११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी प्रदेशमा ६६ प्रतिशत कृषक, ५ लाख हेक्टरमा कृषिकर्म

अ+ अ-

विराटनगर । कोशी प्रदेशको ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषिकर्म भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । यो प्रदेशको कूल जनसंख्यामध्ये ६६ प्रतिशत परिवार कृषक छन् ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले विराटनगरमा सार्वजनिक गरेको राष्ट्रिय कृषि गणनाको कोशी प्रदेशस्तरीय प्रतिवेदनमा ७ लाख ८६ हजार १०८ कृषक परिवारले ५ लाख ३२ हजार ९६७ हेक्टर जग्गामा कृषिकर्म गरिरहेको जनाइएको हो ।

कृषि कर्मबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने कृषक परिवारको संख्या ४४.१ प्रतिशत रहेको प्रतिवेदनमा जनाइएको छ ।

प्रदेशको कृषियोग्य जग्गामध्ये ५३.५ प्रतिशत सिँचित क्षेत्र रहेको छ । कृषक परिवारमध्ये ६८.३ प्रतिशतले सिँचाइ सुविधा प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशमा धान खेतीका लागि योग्य जग्गा २ लाख ७९ हजार ३८९ हेक्टर छ भने मकैका लागि १ लाख ७९ हजार ९१७ र गहुँ खेतीका लागि ४६ हजार ४६८ हेक्टर रहेको जनाइएको छ ।

यसैगरी, आँप खेती १ हजार १६९, केरा १ हजार ७४९, सुन्तला १ हजार ६१८, कागती ७२५ र स्याउ १४९ हेक्टरमा खेती भइरहेको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस