९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुपारी निर्यात गर्न प्रतिबन्ध छैन : उद्योगसचिव निरौला

अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले नेपालमा उत्पादित सुपारी निर्यात गर्न कानुनी रूपमा प्रतिबन्ध नगरेको स्पष्ट पारेका छन्।

बुधबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्दै सचिव निरौलाले यस्तो बताएका हुन्।

उनले नेपालमा उत्पादित सुपारी भारत लगायतका देशमा निर्यात गर्दा सुपारीको डिइनए परीक्षण गरेर मात्रै निर्यात गर्न राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको निर्देशन भएकाले निर्यात हुन नसकेको बताए।

उनले समितिको निर्देशनअनुसार उद्योग मन्त्रालयले अर्थ मन्त्रालयमार्फत भन्सार विभागलाई डिएनए परीक्षण भएको सुपारी मात्रै निर्यात गर्न निर्देशन दिएको भन्दै अन्य कुनै कानुनले निर्यातमा प्रतिबन्ध नलगाएको बताए।

उनले नेपालमा नै उत्पादित सुपारीको डिएनए परीक्षण गर्ने कुनै मापदण्ड वा निर्देशिका स्पष्ट नहुँदा मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासङ्घलाई सिफारिस गर्नसमेत नसकेको बताए।

उनले समितिबाट नेपालमा नै उत्पादित सुपारीको उत्पत्ति प्रमाण पत्र जारी गरी निर्यात गर्ने निर्देशन भए मन्त्रालय तत्काल सिफारिस गर्न तयार रहेको बताए। उनले सुपारीलाई बाहिर निर्यात गर्न अन्य वस्तु जस्तै दिने वा के गर्ने भन्ने विषयमा छलफल बहस आवश्यक रहेको बताए।

उनले भने, ‘२०७९ साल ४ महिना १६ गते संघीय राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको पत्रबाट निर्देशन भएअनुसार डिएनए परीक्षणबाट मात्रै नेपालबाट उत्पादित भएको प्रमाणित सुपारीलाई निर्यातको अनुमति दिने भनेर उद्योग वाणिज्य आपूर्ति मन्त्रालयमार्फत विभाग र अर्थ मन्त्रालय मार्फत भन्सार विभागलाई निर्देशन दिने निर्णय भएको छ। सुपारीको डिएनए परीक्षण गर्ने कुनै मापदण्ड निर्देशिका नभएकाले सुपारीको कृषि मन्त्रालयबाट प्रमाणित भएर आएपछि उद्योग मन्त्रालयले नेपाल उद्योग वाणिज्य महासङ्घलाई कार्यविधि अनुसार सिफारिस गर्नलाई समितिको निर्देशन डिएनए परीक्षण गर्नुपर्ने निर्देशनअनुसार सरकारले उद्योग वाणिज्य महासङ्घलाई लेख्न नसकेको हो। नेपालमा उत्पादित सुपारी भारत लगायतका देशमा निर्यात गर्नलाई कुनै पनि रोक लगाइएको छैन।

प्रतिक्रिया दिनुहोस