९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जब १८ वर्षीया युवती एक घण्टे शिक्षामन्त्री बनिन्’

अ+ अ-

जनकपुरधाम । ‘रिल’ मा एक दिनका लागि मन्त्री र मुख्यमन्त्री बनेका घटना र दृश्य अहिलेको ‘भर्चुअल’ समाजका लागि नौलो होइन ।

यो धनुषाको जनकनन्दिनी गाउँपालिकाकी १८ वर्षीया किशोरी रजीना खातुनका लागि पनि ‘रिल’मा नौलो विषय होइन ।

तर ‘रिल’ मा देखे सुनेको घटना वास्तविक (रियल) मै आफ्नो जीवनमा आउला भन्ने कुरा रजीनाले कल्पनासमेत गरेकी थिइनन् ।

बुधबार उनको जीवनमा कल्पना नगरेकै घटना भयो अर्थात् रजीना एक घण्टाका लागि मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्री बनिन् ।

कहिल्यै मन्त्रालय नटेकेकी १८ वर्षीया युवती एकाएक मन्त्री बनेपछि एक छिन अक्मकिइन् । जब प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवले आफू बसेको कुर्सी खाली गरेर रजीनालाई जिम्मेवारी हस्तान्तरण गरे तब यो घटनाले स्वयं रजीना र उनीसँगै आएका बालिकाहरूले हर्षविभोर हुँदै ताली पड्काए ।

कलिलो उमेरकी किशोरी अर्कोतर्फ सीमान्तकृत मुस्लिम समुदायकी एक महिला । प्रदेश सरकारले पहिलो पाँच वर्षे कार्यकाल सकेर दोस्रो कार्यकालको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म सो समुदायबाट कुनै पनि महिलाले मन्त्री बन्ने अवसर पाएका छैनन् । यही बेला मुस्लिम समुदायकी एक किशोरी मन्त्री बनेपछि माहोल एक छिन खुसीसँगै स्तब्ध बन्यो । रजीना बेलाबेला भावुक बनिन् ।

“मन्त्रालय र मन्त्री बस्ने कोठा कस्ता हुन्छन् भनेर नदेखेकी म एकाएक मन्त्री भएपछि सपनाजस्तै लागिरहेको छ”, मलीन मुद्रामा उनले भनिन्, “यो जिम्मेवारी मेरो र आम किशोरीहरूको आत्मसम्मान, अवसर र सहभागिताको एक अभिव्यक्ति पनि हो ।”

यो घटना न रिलमा हो न रियलमा । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा गत ११ अक्टोबर देखी सुरु भएको ‘गल्र्स टेक ओभर’ अर्थात् ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रमअन्तर्गत बुधबार प्रतिकात्मक रूपमा रजीनालाई एक घण्टे मन्त्री बनाइएको हो । यो अभियान सञ्चालन गरिरहेको प्लान इन्टरनेसनल नेपालका अञ्जु शाक्यले किशोरी सशक्तीकरणको एक नियमित अभियानअन्तर्गत यस्तो अभ्यास गरिएको जानकारी दिइन् ।

“अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा अक्टोबर ११ देखि विभिन्न सरकारी निकाय, सङ्घसंस्था, मिडिया, दूतावास, शैक्षिक संस्थालगायतमा एक दिनका लागि प्रमुख व्यक्तिको कार्यभार किशोरीलाई हस्तान्तरण गर्ने अभियान चलिरहेको छ”, शाक्यले भनिन्, “यो कार्य देशका विभिन्न सात जिल्लाका ५० जना किशोरीहरूले विभिन्न संस्थामा ५० पदको नेतृत्व लिइसकेका छन् ।

जिल्ला, प्रदेश, सङ्घीय स्तरमा हुने प्रत्येक पदभार ग्रहणको समयमा किशोरीमाथि लगानी, समावेशितामा आधारित किशोरी लक्षित कार्यक्रम र किशोरी तथा युवा महिलाको शक्ति र नेतृत्वका बारेमा संस्थाको प्रतिबद्धता रहने र हुनुपर्नेमा छलफल हुने गरेको छ ।”

उनका अनुसार सोही अभियानअन्तर्गत मधेस प्रदेशमा पनि ‘बालिका तथा किशोरीलाई पद हस्तान्तरण’ कार्यक्रम भइरहेका छन् ।

आज बिहान आयोजित उक्त कार्यक्रममा प्रदेश सरकारका शिक्षामन्त्री यादव पनि कार्यक्रम अवधिभरसँगै रहे ।

सो क्रममा मन्त्रीको हैसियतमा रजीनाले मन्त्रालयका योजना, गतिविधि र कार्यक्रमबारे जानकारी लिनाका साथै सहभागी अन्य सहकर्मीबाट प्रश्नोत्तर शैलीमा जिज्ञासासमेत सुने ।

जवाफमा मन्त्री रजीनाले भनिन्, “मन्त्रालयका योजना सुनेर मलाई खुसी लागेको छ । तर हाम्रो गाउँघरमा सामुदायिक विद्यालयको अवस्था नाजुक छ । पर्याप्त कक्षाकोठा, टेबुल कुर्ची, शौचालय छैनन् ।

किशोरीहरूलाई महिनावारी भएका बेला विद्यालय जान निकै कठिन भइरहेको छ । प्याड दिने भनिए पनि हामीले आवश्यकताअनुसार पाएका छैनौँ । त्यस कारण भौतिक पूर्वाधार र गुणस्तरीय शिक्षण सिकाइमा विशेष ध्यान दिन म आग्रह गर्दछु ।”

रजीनाको आत्मविश्वास मिश्रित गुनासो, अपेक्षा र पीडा प्रत्यक्ष हेरिरहेका मन्त्री यादवले युवतीहरूलाई भविष्यमा नेतृत्व लिन र आत्मविश्वास बढाउनमा यस्ता कार्यक्रमले महत्त्वपूर्ण योगदान पुर्‍याउने धारणा राखे । “मधेस प्रदेश सरकारले किशोरीहरूका लागि बेटी पढाऊ, बेटी बचाउ, छोरी शिक्षा, छोरी बीमा, साइकल वितरणलगायतका योजनाहरू ल्याएको छ”, उनले भने, “ती योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि ध्यान दिँदादिँदै पनि सबै ठाउँका समस्या समाधान गर्न सकिएको छैन । म नेतृत्वमा रहुन्जेल तपाइहरूका गुनासा सम्बोधनको प्रयास गर्नेछु ।”

प्लान इन्टरनेसनल नेपालको पूर्वी क्षेत्रीय कार्यालय जनकपुरका प्रबन्धक रविशङ्कर पण्डितले महिला सशक्तीकरणबारे सचेतना फैलाउन र अवसर पाएमा महिलाले पनि सबै जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्छन् भन्ने सन्देश फैलाउने उद्देश्यले रजीनालाई एक दिनका लागि मन्त्री बनाइएको बताए ।

“गल्र्स टेक ओभर अभियानले बालिका तथा किशोरीलाई निर्णायक भूमिकामा राखी उनीहरूको विचार तथा जीवनमा भोगेका चुनौतीका बारेमा जानकारी लिन, उनीहरूका साझा सवालमा निर्णयकर्ता, नेता तथा परिवर्तनका संवाहकको दृष्टिकोण परिवर्तन गर्न सघाउ पुगोस् भन्ने हाम्रो उद्देश्यले हो”, पण्डितले भने । साथै किशोरीलाई सशक्त महसुस गराउन, उनीहरूलाई रोल मोडेलसँग साक्षात्कार गराउन र आफ्नो भविष्यका लागि प्रेरित गर्नका लागि यो अभियान सञ्चालन गरिएको उनको भनाइ थियो ।

एक दिने मन्त्री बनेकी रजीना जनकनन्दिनी गाउँपालिकास्थित श्री राष्ट्रिय मावि कक्षा ९ की छात्रा हुन् । शारीरिक रूपमा अपाङ्गतासमेत रहेकी खातुन स्थानीय स्तरमा बालविवाह नियन्त्रण, छोरीलाई शिक्षा, सामाजिक कुरीति तथा कुसंस्कारविरुद्ध एक अभियानीका रूपमा पनि परिचित छन् ।

प्रतिक्रिया दिनुहोस