काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले १७ वटा नगरपालिकाले कुनै निजी कम्पनीको पैसा खाएर बसाएको बैठक आफूले बहिस्कार गरेको बताएका छन् ।
आज सामाजिक सञ्जाल मार्फत उनले सो जानकारी दिएका हुन् ।
उनले भनेका छन्, “नेताज्यूहरुले त देश नै बेच्न खोजिसक्नुभएको तर काठमाडौँ महानगर बिक्रीमा छैन । तपाईँहरूले पूरै देश बेच्नुभयो भने पनि काठमाडौँ एक्लै भए पनि नेपाल भनेर उभिनेछ ।”
मंगलबार काठमाडौँमा भएको बैठक बहिस्कार गर्दै बैठकको सभापतित्व गरेका ललितपुरका मेयर चिरिबाबु महर्जनको अपमान गरेको भन्ने समाचार सार्वजनिक भएपछि बालेनले सामाजिक सञ्जालमार्फत् आफूले कसैको अपमान नगरेको बताएका हुन् ।