११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

व्यावहारिक राजनीतिका नाममा काँग्रेसले आफ्नो सिद्धान्त छाड्दैन : डा. शेखर कोइराला

अ+ अ-

लेखनाथ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले व्यावहारिक राजनीतिका नाममा आफ्नो सिद्धान्तलाई काँग्रेसले छाड्न नहुने बताएका छन्।

नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति कास्की क्षेत्र नं १ को प्रथम क्षेत्रीय सम्मेलनको आज पोखराको लेखनाथमा उद्घाटन गर्दै नेता डा. कोइरालाले भने,’सिद्धान्तहिन राजनीति अगाडि बढ्दा काँग्रेसका कार्यकर्तामा निराशा पैदा भएको छ। आउँदो निर्वाचनमा काँग्रेसले चुनाव एक्लै लड्नुपर्दछ, कार्यकर्ताको माग पनि त्यही छ।’

नेता कोइरालाले काँग्रेस एक ढिक्का भएर निर्वाचनमा जाँदा कुनै पनि शक्तिले हराउन नसक्ने उल्लेख गरे। अहिले काँग्रेसलाई काँग्रेसले नै हराइरहेकाले सो कार्य बन्द हुनुपर्ने उनको भनाइ थियो। ‘काँग्रेस भ्रष्टाचारमुक्त समाज बनाउन चाहन्छ, जनताप्रति उत्तरदायी भई जनताको सेवामा अगाडि बढ्न आवश्यक छ,’ उनले भने।

अर्थतन्त्रलाई चलायमान बनाउन सरकार र दल लाग्नुपर्नेमा जोड दिँदै नेता कोइरालाले भने, ‘महँगी नियन्त्रणमा वर्तमान सरकारले चासो दिनु जरुरी छ। महँगी नियन्त्रणका बारेमा काँग्रेसले आवाज उठाउनुपर्दछ। वर्तमान गठबन्धन सरकारलाई निरन्तरता दिँदै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न लाग्नुपर्दछ।’

नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले काँग्रेसलाई बलियो बनाउन सकेको खण्डमा लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने बताए। उनले नेपाली जनताको विश्वास काँग्रेसमाथि भएकाले जनताको सेवामा काँग्रेस कार्यकर्ता लाग्नुपर्नेमा जोड दिए।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले काँग्रेसले गरेका काम प्रचारमा ल्याउन नसक्दा पार्टी पछाडि परेको बताए। शिक्षा, स्वास्थ्य, सञ्चार, सडक निर्माणमा काँग्रेस सरकारको पालामा धेरै उपलब्धि भएको भनाइ उनको थियो। रासस

प्रतिक्रिया दिनुहोस