११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शीर्ष दललाई रविको प्रश्न : सत्ता स्वार्थको लागि मात्रै मिल्ने ? 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले शीर्ष दलका नेताहरू सत्ता स्वार्थका लागि मात्रै मिल्ने गरेको भन्दै कडा आपत्ति जनाएका छन् । 

प्रतिनिधि सभाको बिहिबारको बैठकमा उनले सत्ता स्वार्थका लागि मिल्नेहरुले शान्ति प्रक्रियालाई पूर्णता दिने र पीडितलाई न्याय दिने काममा मिल्न कसले रोक्यो भन्ने प्रश्न उठाए । 

उनले भने ‘शान्ति प्रक्रियाको कुरा चल्यो, सरकार बनाउने बेलामा हिजो दुस्मन भनिएका दलहरू बिना सर्त एक ठाउँमा उभिएको हामीले देखेका छौँ । कोशीको कुरा हेर्दा त सबै दलहरू एकै ठाउँमा उभिएका छन् । महागठबन्धन भएको छ । आफ्नो सत्ता स्वार्थको लागि मिल्न सक्नुहुने पीडितलाई न्याय दिने शान्तिप्रक्रियामा चाहिँ के ले रोक्यो तपाईँहरूलाई ? कसले रोक्यो कहाँ रोक्यो, हामी नयाँ दलले ? त्यस्तै उनले, शीर्ष दलका नेता मुलुकको हितका लागि चिन्तित नरहेको टिप्पणी गरे । 

‘आज हामी संविधान र व्यवस्था जोगाईराखेका र्छौं कि आफ्ना मानीसहरु जोगाई राखेका छौँ छातीमा हात राखेर सोच्नुपर्ने बेला आएको छ । यदि व्यवस्था जोगाई राखेको थियौँ भने ,साँची नै संविधान मुलुक र जनताको चिन्ता हुन्थ्यो भने जेलमा बसेको मानीसलाई कसरी  छुटाउने अनुसन्धानमा आफ्ना मान्छेलाई कसरी बचाउँने भन्ने कुराको चिन्ता हुने थिएन हामीलाई व्यवस्था जोगाउनु छैन् आफ्ना मान्छे जोगाउनु छ ।’ उनले भने,  उनले सफा नियतका साथ देश हितमा काम गर्न नेताहरुलाई सुझाव दिए । राम्रो काममा साथ दिन आफ्नो पार्टी तयार रहेको उनको तर्क थियो ।

‘अन्तराष्ट्रिय मानव अधिकार मान्यता अनुसार पीडितको न्यायलाई मध्यनजर राखेर यसलाई टुङ्ग्याउन कसैले रोकेको छैन् । रोकेको छैन् रोकेको छ त केवल तपाईहरुको नियतले ।  सफा गर्नुहोस् । हामी नयाँ दलका रुपमा आएका छौँ ।  हामी प्रक्रियागत रुपमा पीडितका पक्षमा रहेर  यसलाई टुङग्याउन कहाँ सघाउनु पर्छ हामी तयार छौँ । 

प्रतिक्रिया दिनुहोस