७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वमुख्यमन्त्री लीला गिरीद्वारा अवरुद्ध विकासबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लीला गिरीले रुपन्देहीका रहेका महत्त्वपूर्ण विकासका आयोजना अवरुद्ध रहेको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएका छन् ।

बिहीबार आम्दा अस्पताल बुटवलको २५ औँ वार्षिकोत्सवमा गिरीले यहाँका निर्माणाधीन विकास योजनाहरूलाई पूर्णता दिनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रधानमन्त्री दाहाल प्रमुख अतिथि भएर उपस्थित कार्यक्रमको मञ्चमा बोल्दै गिरीले एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता समेत रहेका गिरीले चिकित्सा क्षेत्रसँग जोडिएका बुटवलका शैक्षिक संस्थाहरू बन्द भएको समेत जानकारी गराए ।

बुटवल एक महत्त्वपूर्ण मेडिकल हबको रूपमा विकास हुन सक्ने बताउँदै उनले लुम्बिनी प्रादेशिक अस्पताललाई १२ सय सैय्याको बनाउनका लागि टेन्डर प्रक्रिया रोकिएकोप्रति ध्यानाकर्षण गराए । उक्त अस्पतालको मुद्दा सर्वोच्चमा गएर अड्किएको बताउँदै बुटवल मेडिकल कलेजको सञ्चालनको कामलाई समेत अघि बढाउन आग्रह गरे ।

उनले बेलहिया–बुटवल ६ लेन सडक निर्माण सुरु भएको १२ वर्षसम्म पनि सम्पन्न नभएको, बुटवल–नारायणगढ सडक बिस्तार ३ वर्षमा सम्पन्न गर्न भने पनि सम्पन्न भएको तथा भैरहवामा निर्माण सम्पन्न भएको अन्तर्राष्ट्रिय विमान स्थल सञ्चालनमा नआएको लगायतका विषयमा ध्यानाकर्षण गराएका हुन् ।

‘हाम्रा योजनाहरू बेलैमा सम्पन्न भएका छैनन्, व्यापार घटिरहेको छ, व्यवसायीहरू निराश छन् ।’ गिरीले भने, ‘कुनै राजनीतिक अभिप्रायले मैले यी विषयहरू उठाएको छैन । जनता दुःखी छन्, आत्तिएका छन् ।’

प्रतिक्रिया दिनुहोस