९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत र मेयरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल र लेखा अधिकृत, राजस्व शाखा प्रमुख किर्तिराज सुवेदीसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

अख्तियारले तत्कालीन प्रमुख प्रशासकीय सिग्देल, नगर प्रमुख धरी र लेखा अधिकृत–राजस्व शाखा प्रमुख किर्तिराज सुवेदी, आशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरैविरुद्ध मुद्दा दायर गरिएको हो ।

अख्तियारका अनुसार नगरपालिकाले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन एवं बिक्री गर्न लगाएको ठेक्कामा अनियमित तवरले नदीजन्य पदार्थ उत्खनन गरी राजस्व छली गरेको गरेको देखिएको छ ।

चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री ठेक्का आशिक कन्स्ट्रकसन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैक जमानत पेश नगरी नलिई मूल्य अभिवृद्धि करसमेत दाखिला नगरी नगराई सत्र लाख अठ्सठ्ठी हजार रुपैयाँ बराबरको घटी राजस्व रकम असुल गरी गरी/गराई भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

यसैगरी स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनमा रहेको प्रावधान विपरीत तोकिएको परिमाण भन्दा बढी नदीजन्य पदार्थ अवैध रूपमा उत्खनन् गरी/गराई सैँतीस लाख चौतीस हजार एक सय अन्ठानब्बे रुपैयाँ छ पैसा रकम बराबरको अवैध रूपमा अधिक नदीजन्य पदार्थ उत्खनन गरी/गराई नगरपालिकालाई उक्त रकम बराबर राजस्व हानिनोक्सानी पुर्‍याई पचपन्न लाख दुई हजार एक सय अन्ठानब्बे रुपैयाँ छ पैसा रकम राजस्व चुहावट गरी भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।

उक्त कसुरमा संलग्न प्रतिवादीहरू उपर पचपन्न लाख दुई हजार एक सय अन्ठानब्बे रुपैयाँ छ पैसा बराबरको सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको प्रवक्ता दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस