१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुकको आर्थिक अवस्थामा निकै चुनौती छ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको बताएका छन् । 

प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले नेपालको अर्थतन्त्रलाई बलियो बनाउनका लागि कृषिलाई ध्यान दिएर स्पष्ट दृष्टिकोणका साथ अघि बढ्न जरुरी रहेको उल्लेख गरे ।

उनले भने, “देशको अवस्थालाई हेर्नु छ भने विमानस्थलमा पुगेर हेर्नुपर्छ । विदेश गएर युवा कुन अवस्थामा छन् । देशको नेतृत्व गर्नेले कत्तिको देश र जनताप्रति इमान्दार भएर काम गरिरहेका छौँ त ?”

नेपालीले अनेकौँ चुनौतीको सामना गर्दै आएको बताउँदै अध्यक्ष नेपालले मुलुकको आर्थिक अवस्थामा निकै चुनौती रहेको र व्यवसायीमा पनि सङ्कट रहेको उल्लेख गरे । विप्रेषण पनि दैनिक उपभोग्य वस्तुमा खर्च भएको बताउँदै उनले योजना निर्माण र बजेट विनियोजनमा त्रुटि रहेको औँल्याए ।

“कृषिजन्य धेरै वस्तु आयात गरिरहेका छौँ। हामीले आफ्नै देशमा उत्पादन गर्न सक्ने चिज पनि बाहिरबाट ल्याउनुपर्ने अवस्था छ । नेपालमै कृषि उत्पादन बढाउन राज्य चुकेको छ । भ्रष्टाचार गर्ने महारोगबाट नेपाललाई मुक्त गर्नुपर्छ”, अध्यक्ष नेपालले भने, “सरकारले राज्य प्रणालीलाई पारदर्शी बनाउनुपर्छ । इमान्दारिता, पारदर्शिता, जनताको पीडा र वेदनालाई महसुस गरेर अघि बढौँ ।”

इजरायलमा १० नेपाली विद्यार्थीको हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गर्दै बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीलाई सकुशल फिर्ता ल्याउन सरकारले पहल गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया दिनुहोस