काठमाडौँ । प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले ‘रिगल’ भनिने योगराज ढकालको कैद माफी गर्ने राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिनुपर्ने बताएका छन्।
सर्वोच्च अदालतले बिहीबार रिगलको कैद माफी बदर गरेसँगै सांसद सिंहले राष्ट्रपति र प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।
उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रपति, प्रधानमन्त्रीसँग अलिकति पनि नैतिकता छ भने राजीनामा दिनुपर्छ!!रिगलको जेलयात्रा कानुनी राज्यको अनुभूति बल्ल अलिकति भयो। धन्यवाद सम्मानित सर्वोच्च अदालत।’