७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फोहर व्यवस्थापनमा सहज

अ+ अ-

नेपालगन्ज । बाँकेको नेपालगन्जमा रहेका साना तथा ठुला एक सय पाँच स्वास्थ्य संस्थाको स्वास्थ्यजन्य फोहर व्यवस्थापन अब सहज भएको छ । ती संस्था फोहर व्यवस्थापनको झन्झटबाट मुक्त भएका छन् ।

नेपालगन्ज उपमहानगरपालिकाले जिआइजेडको सहयोगमा एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन लागू गरेपछि स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि ढुवानीका साधन विभिन्न अस्पताल, ल्याब, पोलिक्लिनिकमा पुग्ने गर्छन् ।

नेपालगन्जमा रहेका मेडिकल कलेज, नर्सिङहोम, अस्पताल, मेडिकल, ल्याबलगायतका विभिन्न स्वाथ्य संस्थाबाट निस्कने स्वास्थ्यजन्य फोहर स्वच्छ नेपाल, हाम्रो अभियान नामक संस्थाले निश्चित शुल्क लिएर एक वर्षदेखि व्यवस्थापन गर्दै आएको संस्थाका अध्यक्ष भानु भट्टले जानकारी दिए ।

सो संस्थाले स्वास्थ्यजन्य फोहर उठाउनका लागि स्थानीय सरकारसँग १० वर्षको ठेक्का लिएको छ ।

स्वास्थ्य संस्थाबाट दुई प्रकारको फोहर उठाएको संस्थाले प्रतिदिन हानिकारक स्वास्थ्यजन्य फोहर करिब ९० किलोग्राम र सामान्य स्वास्थ्यजन्य फोहर प्रतिदिन एक सय ५० किलोग्राम उठेको जानकारी दिएको छ ।

अध्यक्ष भट्टले उक्त फोहर व्यवस्थापनका लागि वातावरण विज्ञसहित १२ जनाको जनशक्ति भएको जानकारी दिँदै त्यसका लागि एउटा बक्स ट्रली र साधारण ट्रली भएको बताए ।

“सुरुमा हामीले रु। पाँच लाख घाटा खाएर काम गर्‍यौँ । तर अहिले परिस्थिति बदलिएको छ”, उनले भने । संस्थाबाट उठाएको फोहर उपमहानगरपालिकाको वडा नं २३ स्थित हिरमिनियास्थित ‘ल्याण्डफिल साइट’ परिसरमा व्यवस्थापन गरिएको छ ।

विभिन्न अस्पताल, मेडिकल, नर्सिङहोम, क्लिनिकले निकालेको फोहरको तौलका आधारमा रु। तीन सयदेखि रु। ७० हजारसम्म मासिक शुल्क तिर्ने गरेका छन् ।

वातावरण इन्जिनियर प्रकाश डिसीले एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि त्यसको परिणाम सकारात्मक देखिएको उल्लेख गर्दै यसमा सबैको सहयोग आवश्यक हुने बताए ।

फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनका लागि जिआइजेडले दुई वटा अटो क्लेब मेसिन र एउटा बेलर मेसिन सहयोग गरेको छ ।

फोहर व्यवस्थापनका लागि नेपालगन्ज उपमहानगरपालिकाले संरचनासमेत निर्माण गरेको छ । संरचना निर्माणमा रु। ४६ लाख लागत लागेको बताइएको छ । कतिपय फोहरलाई प्रशोधनसमेत गर्ने व्यवस्था मिलाइएको छ ।

स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि अस्पतालबाट निस्कने फोहरमैला व्यवस्थापन गर्न सहज भएको छ ।

उपमहानगरपालिकाले नियमित रूपमा निस्कने प्रतिदिन २५ टन फोहरको व्यवस्थापन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस