७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फास्ट ट्रयाक तोकिएकै समयमा सम्पन्न गरिसक्नु पर्छ : मन्त्री खड्का

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ-तराई द्रुतमार्ग निर्माण योजना थप गरिएको समयभित्र सम्पन्न गर्न नेपाली सेनालाई निर्देशन दिएका छन्।

२०८३ साल चैत्र मसान्तभित्र सम्पन्न गरिसक्न मन्त्रिपरिषद् बैठकले निर्णय गरेकाले सोही समयमा काम पूरा गर्नुपर्ने उनको भनाइ थियो। शुक्रवार सिंहदरबारमा मन्त्रालयको चालू आवको प्रथम त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले उक्त योजना सम्पन्न गर्ने काम थपिएको समयभन्दा पछि टार्ने अनुमति कसैलाई पनि नरहेको स्पष्ट पारे।

उनले देशकै प्रतिष्ठाकै विषय भएको आयोजनाको काम सम्पन्न गर्न अब नेपाली सेनाले पनि ढिलाइ नगर्ने विश्वास व्यक्त गरे। उपप्रधानमन्त्री खड्काले आयोजनाको कुनै पनि समस्या तत्काल समाधान गरेर अघि बढ्न नेपाल सरकार तयार रहेको पनि दोहोर्‍याए।

उनले उक्त आयोजनाका ठेकदारहरूलाई पनि ढिलाइ नगर्नका लागि अनुगमनको काममा कडाइ गर्नुपर्ने समेत बताए।

उपप्रधानमन्त्री खड्काले भने, ‘फास्ट ट्रयाक तोकिएकै समयमा सम्पन्न गरिसक्नु पर्छ। यो सेनाको प्रतिष्ठासँग जोडिएको छ। यो जति छिटो बनाउँछौ, यसले आर्थिक क्षेत्रमा ल्याउने सङ्ख्यात्मक र गुणात्मक परिवर्तनमा ठूलो असर पर्छ।

त्यसैले त्यति महत्वको योजना भएको हुनाले हामीले २०८३ को चैत्र मसान्त तोकेका छौँ। यसमा समय थप खर्चने वा टार्ने हामीसँग अनुमति छैन। विशेष गरी ठेकदारहरूले कुनै पनि बहानामा काम नगरेको सन्दर्भमा अत्यन्त कडाइका साथ जानुपर्‍यो। कहीँ पनि मोलाहिजा गर्नुभएन।’

प्रतिक्रिया दिनुहोस