६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामेछापमा कुटाकुट गरेका दुई पाइलटले गरे मिलापत्र

अ+ अ-

काठमाडौँ । रामेछापको मन्थली विमानस्थलमा शुक्रबार बिहान कुटाकुट गरेका दुई पाइलटले मिलापत्र गरेका छन्। 

जिल्ला प्रहरी कार्यालयमा पुगेर दुई पाइलटले मिलापत्र गरेको रामेछाप प्रहरीले जनाएको छ । 

शुक्रबार बिहान मन्थली विमानस्थलमा तारा एयरका वरिष्ठ क्याप्टेन सन्तोष शाह र सोही एयरका अर्का क्याप्टेन सञ्जीव श्रेष्ठबीच कुटाकुट भएको थियो। 

सम्बन्धित समाचार : तारा एयरका दुई पाइलटबीच कुटाकुट, उडानमा प्रतिबन्ध

शाहले हात मिलाउन खोज्दा श्रेष्ठले धकेलेको भन्दै कुटाकुटको स्थिति बनेको थियो। त्यसपछि विमानस्थलमा रहेका अन्य क्रूले उनीहरूलाई छुटाएको थियो। 

यो घटना बाहिरिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले दुवै पाइलटलाई निलम्बन गरेको छ।

सम्बन्धित समाचार : विमानस्थल प्रमुखसहित तारा एयरका दुई पाइलट निलम्बित

त्यसपछि क्याप्टेन शाह कारबाही गरी पाउँ भन्दै ठाडो निवेदन लिएर जिल्ला प्रहरी कार्यालय रामेछापमा पुगेका थिए। उनी कार्यालय पुगेपछि प्रहरीले श्रेष्ठलाई पनि बोलाएको थियो। 

सम्बन्धित समाचार : कुटाकुट गर्ने पाइलटलाई विमानस्थलले सोध्यो स्पष्टीकरण, पाइलटद्वारा सुरक्षाको माग

घटनापछि पाइलट श्रेष्ठ लुक्ला पुगिसकेका थिए। त्यहाँबाट फर्किएर उनी प्रहरी कहाँ पुगेसँगै छलफल भएको प्रहरीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस