८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद् व्यवस्थापन प्रतिकार्य तालिम सोमबारदेखि

अ+ अ-

काठमाडौँ । नेपाली सेना र अमेरिकी सेना प्यासिफिकको आयोजनामा यही कात्तिक २० देखि २४ गतेसम्म छैटौँ संस्करणको विपद् व्यवस्थापन प्रतिकार्य तथा अनुभव आदानप्रदान सम्बन्धी संयुक्त अभ्यास (डिआरइई-२०२३) सञ्चालन हुने भएको छ । 

विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन हुने उक्त तालिम अभ्यास सन् २०११ देखि सञ्चालन हुँदै आइरहेको छ । उक्त तालिम तथा अभ्यासअन्तर्गत विशेषज्ञसँगको शैक्षिक छलफल र टेवल कार्य काठमाडौँमा  तथा स्थलगत प्रशिक्षण अभ्यास चितवनमा हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अभ्यासमा विपद् व्यवस्थापन कार्यसँग आबद्ध नेपालका सरकारी तथा गैरसरकारी निकायबाट दुई सय १० र अमेरिकी सेनाका ४४ तथा भारत, मालदिभ्स, मङ्गोलिया, थाइल्यान्ड, श्रीलङ्का, क्यानडा र बेलायतबाट १६ गरी कूल दुई सय ७० जनाको सहभागिता रहनेछ ।

उक्त संयुक्त अभ्यासबाट मित्रराष्ट्र तथा विभिन्न निकायबीचको आपसी सहयोग, सद्भाव र समन्वयका साथै विपद् व्यवस्थापन क्षमता विकास गर्न मद्दत पुग्ने सेनाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस