११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एम्बुलेन्स सेवा सहज बनाउन जिपिएस प्रविधि सुरु

अ+ अ-

भेरीगङ्गा (सुर्खेत) । कर्णाली प्रदेशमा एम्बुलेन्स सेवालाई सहज तुल्याउन जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रविधिको जडान गरिएको छ । नागरिकलाई स्वास्थ्य संस्थासम्म पहुँच पुर्‍याउन र सेवा सहज तुल्याउन प्रदेशभर नै एम्बुलेन्समा सो प्रविधि जडान गरिएको हो । 

प्रदेश स्वास्थ्य सेवा निर्देशनालय प्रादेशिक प्रेषण केन्द्रले आज एक कार्यक्रमको आयोजना गरी यस विषयमा जानकारी गराएको हो । एम्बुलेन्स सेवाको लागि अब प्रदेशका जुनसुकै स्थानबाट पनि पैसा नलाग्ने नम्बर १०२ मा फोन गरेर बिरामीले सेवा लिन सक्ने सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले जानकारी दिए ।

तत्काल अस्पताल पुर्‍याउनुपर्ने बिरामीलाई एम्बुलेन्सको सहज सेवा प्रवाह हुने महाशाखा प्रमुख शाहीले १०२ नम्बरमा फोन गर्ने बित्तिकै जिपिएस जडान गरिएका एम्बुलेन्सबाट सेवा प्रदान गरिने जानकारी दिए । प्रदेशमा रहेका सबै एम्बुलेन्सलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्नको लागि निर्देशिका जारी गरिएको उहाँको भनाइ छ । 

कर्णाली प्रदेशभर अहिले ८७ वटा एम्बुलेन्स सञ्चालनमा छन् । त्यसमध्ये ४१ वटा एम्बुलेन्समा जिपिएस प्रणाली जोडिएको र अन्य बाँकी एम्बुलेन्सलाई पनि जिपिएसमा जोड्ने तयारी गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रबिन खड्काले कर्णालीमा अहिले एम्बुलेन्स पर्याप्त नरहेको बताउँदै एम्बुलेन्स खरिद प्रक्रियालाई पनि अगाडि बढाइने बताए । बिरामीले एम्बुलेन्स नपाउने अवस्था नआउने दाबी  गरे । 

कर्णालीमा ‘क’ वर्गका एम्बुलेन्सको सङ्ख्या दुईवटा रहेको छ भने अधिकांश एम्बुलेन्स ‘ग’ वर्गका रहेको जनाइएको छ । एम्बुलेन्सको भाडादर भने जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको निर्णयअनुसार तोकिने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस