८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाजरकोट भूकम्प : घाइते हुनेमा महिलाको संख्या बढी, मन्त्रालयले पठायो औषधि र स्वास्थ्यकर्मी

अ+ अ-

काठमाडौँ । शुक्रबार मध्यराति गएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धारको क्रम जारी छ । जाजरकोटका अस्पताल र स्वास्थ्य संस्थामा उपचारका लागि उद्धार गरेर घाइतेहरू ल्याउने क्रम जारी छ ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटकी प्रमुख एवम् जिल्ला अस्पताल जाजरकोटकी इन्चार्ज डा. प्रतीक्षा भारतीले राति १२ बजेदेखि बिहान ९ बजेसम्म १ सय १० जनालाई उपचारका लागि अस्पताल ल्याइएको जनकारी दिइन् । अहिले उद्धारकै क्रम रहेकोले घाइतेको संख्या बढ्न सक्ने उनको भनाइ छ ।

उपचारका लागि अस्पताल आउनेमा अधिकांश महिला रहेका छन् । जसमा २१ वर्षदेखि २७ वर्ष उमेर समूहका महिलाको संख्या बढी छ । भारतीका अनुसार गम्भीर बिरामीको संख्या बढी छ । घाइतेको संख्या थपिँदै जाँदा औषधि र स्वास्थ्यकर्मीको अभाव हुन सक्ने भएकाले प्रदेश र संघका स्वास्थ्य निकायलाई सहयोगको लागि आग्रह गरेको उनले बताइन् ।

तयारीमा मन्त्रालय
मध्य रातिमा गएको भूकम्पमा परी घाइते भएकाहरूको उद्धार गरी अस्पताल तथा स्वास्थ्य संस्थामा ल्याउने क्रम जारी रहेकाले सम्बद्ध निकायहरू तयारी अवस्थामा रहेका छन् ।

उद्धार गरी ल्याउने क्रम जारी रहेकाले जिल्लाका स्वास्थ्य संस्थाले थेग्न नसक्ने सम्भावना देखिएको भन्दै तयारी गरिएको हो । यसका लागि प्रदेशका निकाय पनि तयारी अवस्थामा रहेका छन् ।

कर्णाली प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बिहान जाजरकोटमा औषधि र स्वास्थ्यकर्मीको अभाव भएको रिपोर्टिङ भएको थियो । रिपोर्टिङ पछि मन्त्रालयले माग अनुसार औषधि र स्वास्थ्यकर्मी पठाएको छ । विशेष गरी घाइतेको उपचारमा आवश्यक पर्ने सर्जिकलसम्बन्धी सामग्रीहरू पठाएको मन्त्रालयका प्रवक्ता एवम् वरिष्ठ जनस्वास्थ्य प्रशासक वृषबहादुर शाहीले जानकारी दिए ।

रुकुम स्वास्थ्य कार्यालयको टोली आठबीसकोटमा गएर उपचार गरिरहेको शाहीले बताए । उनले भने, ‘आवश्यक परेमा छिमेकी जिल्लाहरू र प्रदेश अस्पतालको स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको छ । सल्यान अस्पताल र दैलेख अस्पतालबाट पनि ५र६ जनाको टोली पठाउन सकिन्छ ।’ आवश्यक परेका पालिकाहरूमा पनि औषधि र स्वास्थ्यकर्मी पठाइएको उनले बताए । गण्डकी र लुम्बिनी प्रदेशले पनि सहयोग चाहिएमा दिन तयार रहेको जानकारी दिएको शाहीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस