८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस दुर्घटनामा ३४ जना घाइते

अ+ अ-

दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कमलाबारीमा आज बिहान भएको बस दुर्घटनामा ३४ जना घाइते भएका छन् ।

उदयपुरको कटारीबाट पोखरातर्फ आउँदै गरेको ना५ख १७५२ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकमा पल्टिँदा बसमा सवार ३४ जना घाइते भएका हुन् ।

दुर्घटनामा घाइते बस चालकसहित यात्रुलाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

दुर्घटनामा परी जिल्ला उदयपुर कटारी नगरपालिका-३ का ३१ वर्षीय सुभास परियार, सहचालक जिल्ला ओखलढुङ्गा सुनकोसी गाउँपालिका-७ का अशोक कार्की, उदयपुर कटारी नगरपालिका-४ का २३ वर्षीय युवराज परियार, तनहुँको भानु नगरपालिका-१ का ३१ वर्षीय विक्रम विक, ३० वर्षीया शोभा विश्वकर्मा, चार वर्षीया सहारा सेन्चुरी विक, गोरखाको गोरखा नगरपालिका-३ का ३० वर्षीय कृष्ण परियार र उदयपुर कटारी नगरपालिका-१४ का २९ वर्षीया पार्वती रावत घाइते भएका छन् ।

यस्तै सिन्धुली दुधौली नगरपालिका-१२ का ३३ वर्षीय विष्णु परियार, कास्कीको पोखरा महानगरपालिका-१६ का सात वर्षीय अविनम आले मगर, ३० वर्षीया विमला श्रेष्ठ, १० वर्षीय अङ्कित श्रेष्ठ र १५ वर्षीय आकाश श्रेष्ठ घाइते भएका छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिका-९ का ३७ वर्षीय सुजन अधिकारी, भानु नगरपालिका-२ का २३ वर्षीया सुमित्रा अधिकारी, कास्कीको पोखरा महानगरपालिका-१४ वर्षीया चिजमाया खत्री, धनुषाका २० वर्षीया सुजिता शेर्पा, २२ वर्षीय दिनेश दाहाल, ६० वर्षीया मनमाया तामाङ, उदयपुरको कटहरी नगरपालिका-९ का ३५ वर्षीय विनोद गिरी, कास्कीको पोखरा महानगरपालिका-३१ का ३४ वर्षीया बुद्धिमाया अधिकारी र गोरखाको पालुङटार नगरपालिका-७ का ४० वर्षीय शिव कुमाल घाइते भएका छन् ।

प्रहरीका अनुसार उदयपुर कटारी नगरपालिका-४ का १४ वर्षीय दीपसन राउत, कास्कीको पोखरा महानगरपालिका-१९ का १० वर्षीय कृष्ण शाह, १९ वर्षीय नेहा शाह, उदयपुर कटारी नगरपालिका-५ का २८ वर्षीया तुलसीमाया मगर, पोखरा महानगरपालिका-१४ का ४० वर्षीया विन्दु सुनुवार, चितवन भरतपुर महानगरपालिका-१० का १७ वर्षीय सुजन तिवारी, सर्लाही बागमती नगरपालिका-१ का १७ वर्षीय अमृत राना मगर, गुल्मीको धुर्कोट गाउँपालिका-३ का २४ वर्षीया निर्मला नेपाली, इटहरी नगरपालिका-२ का ७१ वर्षीया मनकुमारी कटवाल, तनहुँको भानु नगरपालिका-६ का २५ वर्षीया सुजता अधिकारी, धनुषाको गोदार नगरपालिका-७ का १५ वर्षीया अनिष थापा र पोखरा महानगरपालिका-१४ का १८ वर्षीया सरला सुनार घाइते भएका छन् ।

घाइतेमध्ये केही उपचारपश्चात् डिस्चार्ज भएको र केहीको पोखरा र दमौलीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस