११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्पपीडितलाई पौवादुङमा गाउँपालिकाले दुई लाख सहयोग गर्ने

अ+ अ-

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई सहयोग गरेको छ ।

आइतबारको गाउँकार्यपालिकाको निर्णयानुसार भूकम्पपीडितलाई आर्थिक सहयोग गरेको हो ।

गाउँपालिकाको विपद् व्यवस्थापन कोषबाट रु. दुई लाख सहयोग गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए। भूकम्पले क्षति पुगेको दुःखद् घडीमा त्यहाँका नागरिकलाई गाउँपालिकाले सहयोग गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत भट्टराईले बताए ।

“दुई जिल्लाका भूकम्पपीडितलाई रु. एक-एक लाख सहयोग गरेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “यसले पीडितलाई केही राहत पुग्छ भन्ने हाम्रो लक्ष्य हो ।” दुई जिल्लामा भूकम्पबाट मानवीयसँगै ठूलो धनजनको क्षति भएकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । दुवै जिल्लाको दैविक विपद् व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गरेको उनले बताए ।

“यो एउटा दुःखद् अवस्था हो”, अध्यक्ष राईले भने, “यसको सबै मिलेर सामना गर्न आवश्यक छ । हामीले पनि केही राहत पुगोस् भन्नका लागि रु. दुई लाख सहयोग गरेका छौँ ।” शुक्रबार राति जाजरकोट जिल्लाको बारकोट गाउँपालिकामा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको हो ।

प्रतिक्रिया दिनुहोस