काँग्रेसले महामन्त्रीद्वयको नेतृत्वमा भूकम्प ‘अनुगमन तथा सहजीकरण समिति’ बनाउने « प्रशासन
Logo १९ असार २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

काँग्रेसले महामन्त्रीद्वयको नेतृत्वमा भूकम्प ‘अनुगमन तथा सहजीकरण समिति’ बनाउने


१९ कार्तिक २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसले भूकम्प प्रभावित क्षेत्रमा भइरहेका काम र विपद् व्यवस्थापनका लागि महामन्त्रीद्वयको नेतृत्वमा ‘अनुगमन तथा सहजीकरण समिति’ गठन गर्ने भएको छ ।

काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार आइतबार बिहान पार्टी कार्यालय सानेपमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो ।

‘महामन्त्रीद्वयको नेतृत्वमा विपद् व्यवस्थापन सँगै ‘अनुगमन तथा सहजीकरण समिति’ निर्माण गर्ने निर्णय भएको छ’, विश्वकर्माले भने, ‘त्यसले स्थल अनुगमनदेखि सबै सामग्री परिचालन, राज्य संयन्त्र परिचालन, पार्टी परिचालनको बीचमा भएका सबैको अनुगमन र सहजीकरण गर्ने निर्णय भएको छ ।’

विश्वकर्माका अनुसार महामन्त्रीद्वय चाँडै भूकम्प प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा जाने भएका छन् ।

राहत वितरणमा अनियमितता र पक्षपात नहोस् तथा विपन्नको पुनर्वासमा पनि समानता होस् भन्नेमा काँग्रेस गम्भीर भएकाले यस्तो निर्णय गरेको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस