डोटी । प्यालेस्टाईनी बिद्रोही समूह हमाशको आक्रमणमा परी मुत्यु भएका दुई विद्यार्थीको शव डोटी पुगेको छ ।
नेपाली सेनाको स्काई एम्बुलेन्स एनए ०६४ मार्फत आईतवार दिउसो करिब ३ बजे डोटी शिखर नगरपालिका-६ चुँडीका राजन फुलारा र आदर्श गाउँपालिका-५, पीडका पदम थापाको शव डोटी पुगेको हो । ।
बिमानस्थलमा दुवै शवहरु आफन्तले बुझेका छन् । शव बुझ्नका लागि आफन्तहरुसंगै शिखर नगरपालिकाका नगर प्रमुख दिर्घवहादुर बलायर र आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्का डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल प्रहरी प्रमुख विमानस्थल पुगेका थिए ।

मृतकहरूका शवलाई प्रहरी निरीक्षकको टोलीले स्कटिङ्ग गरी घरसम्म पुर्याएको छ । दुवै शवको सोमवार मात्रै दाह संस्कार हुने आफन्तहरूले जानकारी दिएका छन् । थापाको आदर्श गाउँपालिका ५ तलारास्थित सेती नदीमा र फुलाराको शिखर नगरपालिका ६ अडेउलस्थित सेती नदीमा दाहसंस्कार हुनेछ ।
सुदूरपश्चिमाञ्चल बिश्वबिद्यालयको टिकापुर कृषि क्याम्पसमा स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत थापा र फुलारा सिक्दै कमाउँदै कार्यक्रम अन्तरगत भाद्र २६ गते इजरायल पुगेका थिए । उनीहरूको असोज २० गते आक्रमणमा परी मृत्यु भएको भएको थियो ।