१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुपर ओभरको अभ्यास गरेका थियौँ, तर पनि चुक्यौँ : मोन्टी देसाई

अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाईले आफूहरूले सुपर ओभरका लागि अभ्यास गरेको भए पनि आज ओमानसँग योजना लागु गर्न नसकेको बताएका छन् ।

‘सुपर ओभरको लागि हामीले केही तयारी गरेका थियौँ । प्रतियोगिताको बेलामा हामीले केही अभ्यास गरेका थियौँ’ देसाईले भने, ‘प्रतियोगितामा जे पनि हुन सक्छ भन्ने थियो ।’

टी-२० विश्वकप छनोटको फाइनलमा सुपर ओभरमा ओमानसँग पराजित भएपछि उनले भने, ‘हामीले पावर प्लेमा गलत गरेका हौँ, हामीले मिडल ओभरमा राम्रो गरेका हौँ, बलिङ योजनामा हामी विफल भएका हौँ । हामीले योजना लागु गर्न नसकेका हौँ ।’

उनले अविनाश बोहरालाई टी-२० स्पेशलिस्टको रूपमा अभ्यास गराए पनि आज उनी चुकेको बताए । सुपर ओभरमा अविनाशको बलिङमा ओमानले २१ रन बनाएको थियो । ओमानका नसिम खुसीले ३ छक्का हानेका थिए ।

खेलपछि त्रिवि क्रिकेट मैदानमा पत्रकारसित कुरा गर्दै प्रशिक्षक देसाईले ओमानका बलर बिलाल खानले राम्रो बलिङ गरेको बताए । सुपर ओभरमा बिलालको पहिलो बलमै कुशल भुर्तेल आउट भएका थिए । कुशल मल्लले २ चौकासहित ९ र गुल्सन झाले १ रन मात्र बनाएपछि नेपालको स्कोर १० रन मात्र भयो ।

उनले यो फाइनल हारे पनि नेपालले एक दिवसीय मान्यता जोगाएको, एक दिवसीय विश्वकप छनोट र एसिया कप पनि खेलेको स्मरण गरे । देसाईकै प्रशिक्षणमा नेपालले यी उपलब्धि हात पारेको थियो ।

नेपाल समूह चरणमा पनि ओमानसित पराजित भएको थियो । उनले यो दुवै हारलाई १ बलको हार भने । ‘ओमनसँग दुवै खेलमा हामीले एक बलमा हारेका हौँ । हामीले वान ब्याटलमा हारेका हौँ । दुवै खेलमा हामीले वान बल ब्याटलमा हारेका हौँ’, उनले भने ।

फाइनलमा ओमानसँग ब्याटिङ राम्रो भएको प्रशिक्षक देसाईले बताए । नेपालले रोहितकुमार पौडेल र गुल्सन झाको अर्धशतक मद्दतमा ६ विकेट मात्र गुमाएर १८४ रन बनाएको थियो ।

समूह चरणको खेलमा ओमानविरुद्ध विस्फोटक ब्याटिङ गरेको विवेक यादवले आज बलिङ पनि गरेका थिए । यादवको प्रशंसा गर्दै प्रशिक्षक देसाईले भने, ‘विवेक जोसँग कम अनुभव छ । उसले पनि राम्रो गरेको छ ।’

अहिलेसम्म १३ वटा टी-२० आई मात्र खेलेका विवेकले ओमानविरुद्ध आज २ ओभर बलिङ गर्दै १४ रन दिएर १ विकेट लिएका थिए । ‘आज पनि धेरै राम्रो ओभर निकाल्यो । क्याचहरू पनि लियो’ देसाईले भने, ‘त्यसले नेपाल क्रिकेटमा अर्को नयाँ अनुहार थपिदियो ।’

उनले नेपाली टिममा देशभरबाट नयाँ खेलाडी ल्याउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस