८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालको ऊर्जा, पर्यटन, आइसिटी क्षेत्रमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह

अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको ऊर्जा र पर्यटन क्षेत्रमा लगानी र सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

उनले नेपालको ऊर्जा, पर्यटन, कृषि, आइसिटी लगायतका क्षेत्रमा ‘एक्सप्लोर’ गर्न लगानीकर्तालाई आग्रह गरेका हुन् ।

आज काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री कन्फेडेरेसन’ को ३७औँ सम्मेलनमा उनले नेपाली ऊर्जा, पर्यटन, वन, कृषि, आइसिटी, हर्बललगायत विभिन्न क्षेत्र सम्भावना बोकेको भन्दै त्यसमा लगानी गर्न उनले आग्रह गरेका हुन् ।

सर्वोच्च शिखर सगरमाथा र सिद्धार्थ गौतमको जन्मस्थल शान्ति क्षेत्र प्रसिद्ध लुम्बिनी लगायतका चर्चित पर्यटकीय स्थल नेपालमै रहेको उल्लेख गर्दै उनले नेपालमा पर्यटन क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको बताए ।

उनले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न अन्ताराष्ट्रिय समुदायलाई आग्रह गर्दै यहाँ गरेको लगानी ‘रिटर्न’ हुनेमा आश्वस्त पार्न खोजे ।

उनले नेपालले हाल भारत, चीन, बङ्गलादेशलगायत राष्ट्रमा ‘ड्युटिफ्री मार्केट कनेक्टिभिटी’ बाट व्यापार गर्दै आएको, साउथ एसियासहित विश्वका विकसित देशमा भौतिक र डिजिटल रूपमा पहुँच बढाएर व्यापार बजार विस्तारसँगै अर्थतन्त्रमा सुधार गर्न चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस