काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् ।
गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति मंगलबार बिहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
भूकम्पपछि अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले २० कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् ।
प्राकृतिक विपद्को बेला राष्ट्रपति विदेश भ्रमण जान अनुपयुक्त हुने आवाज उठेपछि पौडेलले युरोप भ्रमण स्थगित गरेका छन् ।