६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गाडी नपाएको झोँकमा प्रमुख प्रशासकीय अधिकृत माथि हातपात, निवेदन दर्ता गर्न प्रहरीको आनाकानी

अ+ अ-

काठमाडौँ । कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)ले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीलाई हातपात गरेको विषय प्रहरीमा पुगेको छ । बिहीबार दिउँसो २ बजेतिर अधिकृत ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी चौधरीले गालीगलौज तथा हातपात गरेको थिए ।

सम्बन्धित समाचार : गाउँपालिका उपाध्यक्षले कुटे प्रमुख प्रशासकीय अधिकृत

चौधरीले हातपात गरेपछि पालिकामा काम गर्ने वातावरण नरहेको भन्दै काम गर्ने वातावरण बनाइदिन गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पनि अहिलेसम्म त्यसको सुनुवाइ भएको छैन । पालिका अध्यक्ष कमलेश शरण चौधरी र प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले संयुक्त रूपमा बिहीवार नै निवेदन दिएका थिए । 

निवेदनमा, ‘शुद्धोधन गाउँपालिका लवनी, कपिलवस्तुका उपाध्यक्ष होम प्रकाश चौधरी (कुर्मी)ले २०८० कार्तिक १६ गते दिउँसो २ बजेको समयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीको कार्यकक्षमा प्रवेश गरी हातपात, गालीगलौज गर्नुका साथै टेबल लगायतका जिन्सीका समान तोडफोड गरेकोले कार्यालयमा रही कामकाज गर्ने वातावरण नरहेको हुँदा उपाध्यक्षलाई पक्राउ गरी प्रचलित कानुन बमोजिम कारबाही गरी कार्यालयमा काम गर्ने वातावरण सिर्जना गरिदिनु हुन अनुरोध छ ।’ 

बिहीबार दिएको निवेदन उपर कुनै कारबाही नभएपछि आइतबार प्रहरीमा फेरी जाहेरी दिएको ज्ञवालीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी नवरत्न पौडेलले घटनाबारे प्रहरीमा हिजो राति जाहेरी आएको बताए । प्रहरीमा जाहेरी परे पनि दर्ता भने भई नसकेको छैन । एसपी पौडेलले भने, ‘मैले जाहेरी हेर्दै छु । कानुनी प्रक्रिया अनुसार अगाडि बढ्छ । कानुनी सल्लाहकारसँग परामर्शमै छु । जाहेरी आए लगत्तै दर्ता गर्नु पर्छ भन्ने छैन । प्रहरीमा आएको जाहेरी दर्ता हुन्छ । त्यसको पनि हद म्याद हुन्छ ।’

पहिलो निवेदन उपकर कारबाही नभएर दिएको जाहेरी पनि दर्ता नभएको निवेदकले गुनासो गरे पनि प्रहरीले भने आफ्नो अनुसन्धान अघि बढाएको जनाएको छ । यता जिल्ला प्रशासन कार्यालयले पनि घटनाबारे अनुसन्धान गर्न प्रहरीलाई भनेको छ । 

गाडीको चाबीबाटै सुरु भएको हो त विवाद ?

बिहीबार भएको उक्त घटनालाई लिएर दुवै पक्षको आ–आफ्नै दाबी छ । पालिका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)ले बाहिर आए जस्तो हातपात नभएको तर, भनाभन भएको बताए । उनले भने, ‘मैले पालिकाको कामकै लागि गाडीको चाबी मागेको थिए । उहाँले पालिकाको निर्णय विना चाबी दिन मिल्दैन भने पछि हाम्रो बिचमा भनाभन भएको हो ।’ चालकलाई चाबी नदिएपछि आफैँ चाबी माग्न गएको चौधरीले बताए । तर, यता प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले भने गाडीको चाबी के कामको लागि हो ? भनेर सोध्दा आवेशमा आएर हातपात गरेका बताए । 

प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले भने, ‘उहाँ एक्कासी मेरो कार्यकक्षमा आएर दुई मुक्का हान्नु भयो, टेबलको सिसा उठाउनु भयो, कर्मचारी साथीहरू भएर बचाए ।’ 

धेरैजसो पालिकामा जनप्रतिनिधिको एसम्यान नबन्दा प्रमुख प्रशासकीय अधिकृतमाथि अभद्र व्यवहार हुने गरेको छ । ज्ञवालीमाथि नियोजित रूपमै आक्रमण भएको स्रोतले बतायो । स्रोतका अनुसार ज्ञवालीलाई हातपात गर्नु अघि कार्यालयको जनेरेटर र सीसी क्यामरा बन्द गरिएको थियो । यसबाट पनि उनीमाथि नियोजित रूपमै आक्रमण उत्रिएको बुझिएको स्रोतको भनाइ छ ।

त्यसो त गत जेठ २५ मा चौधरीले उक्त गाडी फिर्ता गरेका थिए । चौधरीले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेपछि पालिकाले पालिकाको प्रशासनिक कार्य र योजनामा समेत प्रयोग गर्न सक्ने गरी प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मा दिने निर्णय गरेको थियो ।

पालिकाको न्यायिक समितिको संयोजक समेत रहेको व्यक्ति हातपातमा उत्रनु राम्रो विषय नभएका जनप्रतिनिधिहरू बताउँछ । उपाध्यक्ष चौधरीले यसअघि पनि कर्मचारीहरूसँग राम्रो व्यवहार नगरेको उनीहरूको भनाइ छ । 

शुद्धोधन– ५ गधावामा बाटोको एउटा योजनालाई लिएर उपाध्यक्ष र इन्जिनियर बिच पनि विवाद भएको थियो । मापदण्ड अनुसार काम नभएको विषयमा इन्जिनियरले प्रश्न उठाएपछि उपाध्यक्ष चौधरीले विवाद गरेको थिए । उनी मठमन्दिर सम्बन्धी योजनामा पनि विवाद बनेका थिए ।

चौधरीले पारेको योजनाहरूमा गुणस्तर नभएको विषयमा प्रश्न उठाउँदा यसअघि पनि उनले यस्तै अभद्र व्यवहार देखाउने गरेको कर्मचारीहरू बताउँछन् । उपाध्यक्ष चौधरीले समय समयमा आफ्नो व्यवहार परिवर्तन गर्ने गरेको गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले बताए । उनले भने, ‘उपाध्यक्षले नै ल्याएको कर्मचारी हो उहाँ, सरुवा भएर जाँदा पनि ज्ञवालीलाई नै राम्रो भनेर ल्याउनु भयो । अहिले के कुरा मिलेन अनि हातपातमा उत्रनू भयो ।’

उपाध्यक्षको दादागिरीले पालिकाको सेवा ठप्प

उपाध्यक्षको दुव्र्यवारपछि काम गर्ने वातावरण नभएको भन्दै पालिकाका कर्मचारीहरूले पेन डाउन गरेका छन् । काम गर्ने सुरक्षित वातावरण नभएको भन्दै कर्मचारीहरूले पेन डाउन गरेपछि कार्यालयको सेवा ठप्प छ । 

पालिका अध्यक्षको कार्यकक्ष बाहेक अन्य सबै बन्द रहेको छ । जसका कारण पालिकाको सेवा ठप्प छ भने सेवाग्राही मर्कामा परेका छन् ।

गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीले उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको विवादले गर्दा जनता मर्कामा परेको बताए । 

प्रमुख प्रशासकीय अधिकृतहरू र कर्मचारी सङ्गठनको आपत्ति

कपिलवस्तुका विभिन्न कर्मचारी सङ्गठनहरूले शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी)ले प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली माथि गरेको हातपातको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै कारवाहीको माग गरेका छन् । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापन पत्रमा उनीहरूले यस्तो माग गरेका हुन् ।

ज्ञापन पत्रमा भनिएको छ, ‘जिम्मेवार जनप्रतिनिधिबाट भएको यस घृणित कार्यको घोर निन्दा एवम् भर्त्सना गर्दै यस्ता अवाञ्छित गतिविधि नियन्त्रणका लागि कानुन हालमा लिने जो सुकै व्यक्तिलाई कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न जोडदार माग गर्दछौँ । साथै सबै कार्यालयहरूमा भरपर्दो शान्ति सुरक्षाको व्यवस्था मिलाइ राष्ट्रसेवक कर्मचाहरुले भयरहित वातावरणमा काम गर्न सस्ने वातावरण बनाउन समेत नेपाल सरकारसँग जोडदार माग गर्दछौँ ।’ 

ज्ञापन पत्रमा नेपाल निजामती कर्मचारी सङ्गठन कपिलवस्तुका अध्यक्ष प्रकाश गौतम, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन कपिलवस्तुका कार्यवाहक अध्यक्ष सन्देश पन्थी, नेपाल निजामती कर्मचारी युनियन कपिलवस्तुका अध्यक्ष भगबहादुर र नेपाल मधेसी निजामती कर्मचारी मञ्च कपिलवस्तुका अध्यक्ष राजेन्द्र मिश्रले हस्ताक्षर गरेका छन् ।

यसैगरी कपिलवस्तुका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूले पनि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउँदै कार्यालयको भौतिक सामग्रीहरूमा क्षति पुर्‍याउने र कर्मचारीमाथि हातपात गर्नेलाई प्रचलित कानुन बमोजिम कार्यवाही गर्न माग गरेका छन् । स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरूले विभिन्न चुनौतीहरूको सामना गर्दै कार्यसम्पादन गर्नु पर्ने बाध्यता रहेको उनीहरूले बताएका छन् । ज्ञापन पत्र बुझाउनेमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्याल, महाराजगन्ज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र चौधरी, शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, बुद्धभूमी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद नेपाल रहेका छन् ।

यसैगरी शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली, मायादेवी गाउँपालिका, प्रमुख प्रशासकीय अधिकृत सबिन चौधरी, कृष्ण नगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतम, यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनी, बिजयनगर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल र जिल्ला समन्वय समिति कपिलवस्तुका जिल्ला समन्वय अधिकारी भूमिराम पोखरेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस