काठमाडौँ । गृह मन्त्रालयले आन्दोलनरत आरती शाहका आफन्तलाई वार्तामा बोलाएको छ । आरतीका बुवा विनोदप्रसाद साहलाई सम्बोधन गर्दै वार्ताका लागि प्रतिनिधि पठाउन गृहले पत्राचार गरेको छ ।
गत जेठ ७ गते धनुषामा आरती आफ्नै घरमा मृत भेटिएकी थिइन् । घटनामा उनका श्रीमान् र ससुरा पक्राउ परेपनि अनुसन्धान कमजोर गरिएको भन्दै आरतीका आफन्त निरन्तर आन्दोलनमा थिए । उनीहरूले धनुषा प्रहरी प्रमुख विश्वराज खड्कालाई जिम्मेवारीबाट हटाउनुपर्ने माग गर्दै आएका थिए ।
गहको निर्देशनपछि एसपी खड्का सोमबार हेडक्वाटर तानिएका छन् ।
सम्बन्धित समाचार : हेडक्वार्टर तानिए धनुषाका एसपी खड्का
खड्कालाई प्रहरी प्रधान कार्यालयले हटाएपछि गृहले वार्ताका लागि बोलाएको हो ।
