९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपत् व्यवस्थापन र प्रतिकार्य सरकारको प्राथमिकतामा: मुख्यमन्त्री पाण्डे

अ+ अ-

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपत् व्यवस्थापन र प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

गण्डकी प्रदेश सरकार र नेपाली सेना पश्चिम पृतना हेडक्वाटर्सद्वारा संयुक्त रूपमा विपत्मा खटिने सुरक्षाकर्मीको क्षमता अभिवृद्धिका लागि आयोजित सि.सं.१ फायर फाइटिङ तालिम समापन समारोहमा उनले विपद्जन्य घटनाको न्यूनीकरण, सबै संयन्त्रको समन्वयात्मक ढङ्गबाट परिचालन तथा प्रतिकार्य गर्न र पीडितलाई राहत प्रदान गर्न सरकार सदैव तयार रहेको बताए ।

“विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले वार्षिक रूपमा आर्थिक स्रोतसमेत सुनिश्चित गर्दै आएको छ”, मुख्य मन्त्री पाण्डेले भने, “जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुरोध भई आएका विषयमा राहत तथा क्षतिपूर्ति वितरण, विपद् उद्धारका लागि प्रयोग हुने सामग्रीहरू वितरण, विभिन्न किसिमका विपद् नमुना अभ्यास, कम्युनिटी सर्च एन्ड रेस्क्युजस्ता तालिमहरू सञ्चालन हुँदै आएको छ ।”

विपद् व्यवस्थापन र प्रतिकार्यमा नेपाली सेना तथा सबै सुरक्षा निकायले समन्वयात्मक रूपमा निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्दै उनले यस तालिमले सबै सुरक्षा निकायको आगलागी नियन्त्रण क्षमता अभिवृद्धिसँगै उद्धारमा संलग्न हुने सम्पूर्ण निकायमा आत्मविश्वास वृद्धि हुने विश्वास व्यक्त गरे । गत वर्ष गण्डकी प्रदेशमा दुई सय ७० स्थानमा आगलागी हुँदा १० जनाको मृत्यु, ३९ जना घाइते हुनाका साथै अनुमानित रु. आठ करोड ८४ लाख ६१ हजार बराबरको क्षति भएको थियो ।

पश्चिम पृतना हेडक्वाटरका पृतनापति दीपक बानियाँले गण्डकी प्रदेश सरकारको पहलमा गरिएको यस तालिमले विपत् व्यवस्थापन एवम् प्रतिकार्यमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । सरोकारवाला निकायसँग सहकार्य गर्दै विपत् व्यवस्थापन एवम् प्रतिकार्य गर्दै आइएको र सरोकारवाला निकायको सहकार्य तथा समन्वयबाट विपद् जोखिमी न्यूनीकरणसँगै विपत् प्रतिकार्यलाई प्रभावकारी बनाउन सकिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस