९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन क्रिकेट रङ्गशालालाई गौरवको आयोजनामा परिणत गरी निर्माण गर्ने प्रधानमन्त्रीको घोषणा

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिन क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम अगाडि बढाइने बताएका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलवार ट्वान्टी’-२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरूमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । प्रधानमन्त्री दाहालले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हदसम्म गएर भए पनि रङ्गशाला बनाउने प्रतिबद्धता जनाए ।

‘तपाईँहरूले उत्कृष्ट प्रदर्शनका साथै नेपालको प्रतिष्ठालाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुभएको छ । १० वर्षपछि नेपाल ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । विश्वकपमा पनि राम्रो मेहेनत गर्नुहोला । कतिपय बेला जित र हार संयोगको कुरा पनि हुन्छ । विश्वकपमा पनि तपाईँहरूले राम्रो गर्नुहोला, ‘प्रधानमन्त्री दाहालले भने, ‘क्रिकेट मैले हेर्दै आएको छु । क्रिकेटमा नेपालले राम्रो गर्दै गएको छ । यो टिम नेपालको वेस्ट टिम भएको महसुस गरेको छु । क्रिकेटप्रति नेपाली जनता र युवाको क्रेज देखिएको छ । यो क्रेजले सरकारलाई पनि उत्प्रेरित गरेको छ । खेलाडीलाई अझ बढी हौसला, अझ बढी लगानी, अझ बढी पूर्वाधार विकास गर्न हामीलाई प्रेरणा मिलेको छ । खेल क्षेत्र देशको प्रतिष्ठालाई बढाउन सक्ने एउटा महत्त्वपूर्ण क्षेत्र हो, त्यसमा पनि क्रिकेट मुख्य हो ।’

रङ्गशालालाईतीन क्रिकेट रङ्गशालालाई गौरवको आयोजनामा परिणत गरी निर्माण गर्ने प्रधानमन्त्रीको घोषणारङ्गशाला निर्माणबारे प्रधानमन्त्री दाहालले भने, क्रिकेट  राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउँदै छौँ । भरतपुर, मुलपानी र कीर्तिपुरको काम अगाडि बढाइन्छ । यसरी मात्र आम नेपाली जनसमुदायको भावनाको सम्बोधन गर्न सकिन्छ । क्रिकेट रङ्गशालालाई छिट्टै राष्ट्रिय गौरवको आयोजनाको रूपमा घोषणा गर्छौँ ।’

घोषित पुरस्कार वितरणमा ढिलाइ भएकोप्रति आफूलाई पनि नराम्रो लागेको दाहालको भनाइ थियो । प्रक्रियागत समस्याका कारण त्यस्तो भएको उनको प्रस्टीकरण थियो । ‘हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरू छन् । त्यसले पनि ढिलो हुन गयो । आगामी दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ । ट्वान्टी-२० विश्वकपमा छनोटको पुरस्कार छिटै वितरण गरिनेछ, ‘उनले भने ।

कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल सरकारले क्रिकेट खेललाई दिएको महत्वबाट आफूहरू उत्साहित भएको बताएका थिए । उनले भने, ‘यो महत्त्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुसी छौँ । कीर्तिपुर क्रिकेट रङ्गशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनुभएकोमा हार्दिक धन्यवाद छ । सरकारको पहलप्रति आभारी छौँ । बाँकी रहेका कामहरू पनि छिट्टै पूरा हुने विश्वास लिएका छौँ ।’

प्रतिक्रिया दिनुहोस