६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखा अधिकृत ५४ दिनदेखि बेपत्ता, अन्तिम पटक श्रीमतीसँग भएको थियो कुरा

अ+ अ-

काठमाडौँ । नेपाल टेलिकम झापा सुरूंगा शाखाका लेखा अधिकृत दिलीप सुवेदी ५४ दिनदेखि बेपत्ता छन्।

विराटनगर महानगरपालिका वडा नम्बर ४ राजवंशी चोकका सुवेदी भदौ ३० गते सुरूंगा कार्यालयबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

लेखा अधिकृत सुवेदी उक्त कार्यालयका निमित्त प्रमुखसमेत हुन्। उनी २०७९ फागुनदेखि त्यहाँ कार्यरत थिए। झापा प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार सुवेदी भदौ ३० गते बिहान करिब साढे ९ बजेपछि सम्पर्कविहीन छन्। सुवेदीको खोजी जारी छ।

तर अहिले सम्म कुनै उनी बेपत्ता हुनुको कुनै क्लु फेला पर्न नसकेको प्रहरी रेग्मीको भनाइ छ। उनको खोजीका लागि कोशी प्रदेश प्रहरीको अनुसन्धान टोलीसमेत झापा पुगेको छ।

शनिवारको दिन भए पनि सुवेदी बिहान सवा ६ बजे नै डेराबाट टेलिकम कार्यालयमा पुगेका थिए। त्यहाँ पुगेर केही बेरपछि सुरक्षा गार्ड ओमप्रकाश खरेलसँग चिया खान भनेर हिँडेका, करिब ७ बजेतिर चिया पिएर फर्किएका सुवेदी कार्यालयको गेष्ट रुममा आराम गर्न गएका र त्यहाँ बसेर उनले विराटनगरमा रहेकी श्रीमतीसँग कुराकानी गरेको देखिएको प्रहरी प्रमुख रेग्मीले बताए ।

सम्पर्कविहीन हुनुअघि उनले २७ मिनेट जति श्रीमतीसँग कुरा गरेको उनको भनाई छ । त्यसपछि उनको मोबाइल फोन अफ छ भने नम्बर समेत परिवर्तन गरेको नदेखिएको रेग्मीको भनाई छ । उनले स्कुटी र चाबी समेत बसेकै ठाउँमा छोडेका छन् ।

प्रतिक्रिया दिनुहोस