७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भूकम्प प्रभावित क्षेत्रमा पुग्यो राज्य व्यवस्था समितिको टोली, राहत वितरण व्यवस्थित गर्न निर्देशन

अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासहित सांसदहरूको टोली भूकम्पबाट भएको क्षतिको अवलोकन तथा राहत र उद्धार कार्यको अनुगमनका लागि प्रभावित क्षेत्र पुगेको छ ।

समितिको टोलीले बुधबार बिहान सुर्खेतलाई केन्द्र बनाएर भइरहेको राहत सङ्कलन र व्यवस्थापनको कामको अनुगमन गरेको छ ।

समितिका सभापति खतिवडाले राहत वितरणलाई शीघ्र व्यवस्थित गर्न निर्देशन दिइएको बताए । सभापति खतिवडाका अनुसार समितिले सरकारलाई कुनै आर्थिक व्ययभार नगरी स्थलगत अनुगमन र सरकारको ध्यानाकर्षण गराउन लागेको हो ।

सांसदहरूले बुधबार बिहान सुर्खेतमै रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गरेको छ । सो क्रममा राहत वितरण एवं आवश्यक उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा तयारी हालतमा राखिएको, सबै घाइतेको उपचार भइरहेको, हाल एकजना घाइतेमात्र आइसियुमा रहेका र अहिले अस्पतालमा ९९ जना घाइते उपचाररत रहेको पाइएको सभापति खतिवडाले जानकारी दिए ।

टोलीमा काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडू, एमाले सांसद कृष्णप्रसाद श्रेष्ठ, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङलगायत सांसदहरू सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस