७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिर्सिया प्रदूषित गर्ने उद्योगलाई महानगरले तिरायो जरिबाना

अ+ अ-

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाले सिर्सिया नदी प्रदूषण गर्ने एक उद्योगलाई ३० हजार रुपैयाँ जरिवाना गरेको छ।

प्रदूषित पानी सिर्सियामा फालेर फोहरसमेत गरेको भन्दै परवानीपुरस्थित सिद्धि टेक्साइल प्रालिलाई सो जरिबाना गरिएको महानगरपालिकाको सरसफाइ शाखा जनाएको छ।

यसअघि सिर्सिया प्रदूषणमा मुख्य जिम्मेवार देखिएको भन्दै महानगरपालिकाले ५ उद्योगलाई पटक पटक चेतावनी दिँदा पनि प्रदूषण गर्न नछाडेकाले  ३र३ लाख रुपैयाँका दरले जरिबाना गरेको थियो। 

उद्योगबाट निस्कने रसायनसहितको लेदो र फोहोर पानी सोझै सिर्सियामा मिसाउँदा नदी दुर्गन्धित र प्रदूषित भएको थियो। 

महानगरको निरन्तर अनुगमनपछि ग्लोबल लेदर, मारुती पल्प एण्ड पेपर, दुर्गा पल्प एण्ड पेपर र सिद्धी टेक्सटायल्सले भने अझै अटेर गरेको भेटिएको महानगरद्वारा गठित सिर्सिया नदी प्रदूषण नियन्त्रण समितिले जनाएको छ।

यसैबीच पर्सा–बारा करिडोरका २ उद्योगले ट्रिटमेन्ट प्लान्ट बनाउन शुरु गरेका छन्। महानगरले निरन्तर अनुगमन र कारबाही गर्न थालेपछि प्रदूषण नियन्त्रणका लागि निस्कने रसायनयुक्त लेदो तथा फोहोर व्यवस्थापन गर्न उद्योगीहरूले ट्रिटमेन्ट प्लान्ट बनाउन थालेका हुन्।

सिर्सियालाई प्रदूषणमुक्त बनाउन नदी आसपासका उद्योगहरू नै मुख्य जिम्मेवार देखिएकाले तत्काल फोहोर पानी सोझै नदीमा मिसाउन बन्द नगरे कारबाहीसँगै उद्योगमा सिलबन्दी गरिने चेतावनी महानगरप्रमुख राजेशमान सिंहले दिएपछि उद्योगीहरू ट्रिटमेन्ट प्लान्ट बनाउन तयार भएका हुन्।

प्रतिक्रिया दिनुहोस