काठमाडौँ । मन्त्रिपरिषद्को बैठक अहिले केही बेरमा बस्दै छ । बैठक ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा बोलाइएको भए पनि केहीबेरमा मात्रै शुरु हुने बताइएको छ । अहिले मन्त्रीहरू आउने क्रम जारी छ ।
बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा जाजरकोट र रुकुम भूकम्प प्रभावितहरूको राहत तथा पुनर्निर्माणबारे पनि केही छलफल हुने बताइएको छ ।