९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय झण्डा बोकेरै मुम्बई पुगेका २० नेपाली फ्यानलाई शाहरुखले भेटे, फोटो खिचाउनेदेखि ठट्यौलीसम्म

अ+ अ-

काठमाडौँ । बलिउड अभिनेता शाहरुख खानले गत बिहीबार ५८ औँ जन्मदिन मनाए । विश्वभरका उनका फ्यान आफ्ना प्रिय सुपरस्टारलाई बर्थडे विस गर्न मुम्बई पुगेका थिए । रेड चिल्लीज इन्टरटेनमेन्टले मुम्बईको पश्चिम बान्द्रास्थित बाल गन्धर्व अडिटोरियममा किङ खानसँग फ्यानलाई भेट्ने बन्दोबस्त मिलाएको थियो । शाहरुखलाई भेट्न नेपालबाट २० जना फ्यान मुम्बई पुगेका थिए ।

एसआरके युनिभर्स नेपालका सदस्यले राष्ट्रिय झण्डा बोकेरै शाहरुखसँग तस्बिर खिचाए र उनलाई नेपाली फ्यानको तर्फबाट जन्मदिनको शुभकामना दिए । तस्बिर खिचाउने क्रममा नेपाली फ्यान संयोग पौडेल (तस्बिरमा शाहरुखसँगै बसेका र चस्मा लगाएका)ले शाहरुखलाई चुम्बनको प्रस्ताव राखे । उनले ‘क्यान आई किस यू’ भनेर सोध्दा शाहरुखले ठट्टा गर्दै जवाफ दिएका थिए, ‘बेटा आगे देखो फोटो बिगड जाएगा (बाबु अगाडि हेर, फोटो बिग्रिन्छ फेरि) ।’

शाहरुखले पालैपालो नेपाली फ्यानसँग तस्बिर खिचाए । रेड चिल्लीजले शाहरुखलाई भेट्न पुगेका ७०० फ्यानलाई होटेल प्रवेशको पास समेत दिएको एसआरके युनिभर्स नेपालका विकास सुवेदीले बताए । ‘त्यहाँ धेरै कुरा पर्सनल हुँदैन । बर्थडे विस गर्ने, तस्बिर खिचाउने र आउने हो,’ सुवेदीले भने । शाहरुख निवास मन्नतअघि पनि नेपाली फ्यान पुगेका थिए । नेपालमा रहेको एसआरके युनिभर्स नेपाल नामक क्लबले शाहरुखको फिल्मलाई पहिलो दिन नै स्पेसल शो गर्ने, जन्मदिनमा केक काट्नेदेखि मुम्बईमा पुगेर भेट्ने गरिरहेको छ ।

केही वर्षअघि एक व्यावसायिक ब्राण्डको कार्यक्रममा नेपाल आउँदा पनि शाहरुखले हायात होटलको गेटमा नेपाली फ्यानलाई भेटेका थिए । फिल्मको कुरा गर्दा शाहरुखको आगामी फिल्म ‘डंकी’ क्रिसमसमा प्रदर्शन तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस