११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोशी एमालेलाई मुख्यमन्त्रीले भने-‘खोलो तरेर लौरो बिर्सिएको छैन’

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नेकपा एमालेसँगको सहकार्य नछाडेको बताएका छन् । एमाले आफैँ सत्ता पक्षको कुर्सी छाडेर प्रतिपक्षको कुर्सिमा गएर बसेको भन्दै उनले पुनः सत्तामा आउन आह्वान गरे ।

कोशी प्रदेश सभा बैठकमा आज प्रदेश सभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै कार्कीले भने, ‘एमालेले अहिले पनि सरकारलाई समर्थन गरिरहेको छ । सरकारले एमालेलाई छाडेको छैन । एमाले आफैँ सत्ता पक्षको कुर्सी छाडेर प्रतिपक्षको कुर्सिमा गएर बसेको जगजाहेर छ ।’

नेपाली काँग्रेसबाट विद्रोह गरेर कार्की नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनले एमालेका मन्त्रीहरूलाई विनाविभागीय मन्त्रीको रूपमा शपथ ग्रहण पनि गराएका थिए । तर केन्द्रको सत्ता गठबन्धन दलकालाई पनि मन्त्रीमा नियुक्त गरेपछि एमालेबाट मन्त्री बनाएकाहरूले सरकार छाडेका थिए । तर सरकारलाई दिएको समर्थन भने एमालेले कायम राखेको छ ।

आजको प्रदेश सभा बैठकमा एमालेका बुद्धिकुमार राजभण्डारीले मुख्यमन्त्री कार्कीले केन्द्रको मुख ताकेर एमालेले लगाएको गुन बिर्सिएको टिप्पणी गरेका थिए । जँघार तरेर लौरो बिर्सिएको भन्ने राजभण्डारीको अभिव्यक्तिमा मुख्यमन्त्री कार्कीले भने, ‘खोलो तरेर लौरो बिर्सिएको छैन । मैले एमालेसँगको सहकार्य छोडेको पनि छैन ।’

आफूले केन्द्रको मुख पनि नताकेको बताउँदै कार्कीले भने, ‘केन्द्रको मुख ताकेको भए एमालेसँगको सम्बन्ध छोडेर गठबन्धनको मात्र बनाउँथे होला ।’

उनले नेकपा एमालेबाट बनेका पूर्वमुख्यमन्त्री हिक्मत कुमार कार्कीले अघि सारेको सहमति र सहकार्यको एजेण्डालाई पछ्याएको समेत बताए । ‘मैले एमालेबाट भएको अघिल्लो मुख्यमन्त्रीकै एजेण्डालाई निरन्तरता दिनलाई, सहमति र सहकार्यको सर्वदलीय सरकार बनाउनको लागि निरन्तरता दिएको हुँ । त्यसकारण अन्य गठबन्धनको दललाई पनि लिएर आउँदा एमालेलाई छुवाछूत हुन्छ जस्तो मलाई लागेको छैन ।’

दलहरूको एकताले नै प्रदेशको समृद्धिको बाटो पहिल्याउँछ भन्ने एमालेको एजेण्डालाई आफूले पनि पछ्याएको भन्दै मुख्यमन्त्री कार्कीले प्रतिपक्षको कुर्सी छाडेर सत्ता पक्षको कुर्सिमा आउन आह्वान समेत गरे ।

प्रतिक्रिया दिनुहोस