७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशको अधिकार संकुचित गर्दै गए सिंहदरवारमा धर्ना बस्छौँ : मुख्यमन्त्री कार्कीले

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको अधिकार स्थापना गर्न सिंहदरवारमा धर्ना बस्ने बताएका छन्।

बिहीबार विराटनगरस्थित प्रदेश सभामा मुख्यमन्त्रीसँग प्रश्नोत्तरका क्रममा मुख्यमन्त्री कार्कीले केन्द्र सरकारले प्रदेशको अधिकार संकुचित गर्दै गए सिंहदरवारमा धर्ना बस्ने बताएका हुन्।

उनले भने, ‘प्रदेश सरकारले जनतालाई प्रत्याभूत गराउने अधिकार केन्द्र सरकारले निदिएर कब्जा गरेका अधिकार ल्याउन मुद्दा हाल्न पनि सक्छौँ। सिंहदरवारको घेराभित्र संविधानले दिएको प्रदेशको अधिकार प्रदेशमा ल्याउन सिंहदरवारमा गएर म धर्ना दिनेछु। केन्द्र सरकारले प्रदेशका अधिकार दिन तदारुकता नदेखाए मुख्यमन्त्रीको हिसाबले सिंहदरवारमा धर्ना दिन्छु।’

प्रदेश अधिकार ल्याउन मुख्यमन्त्री कार्कीले प्रदेश सभासमक्ष अधिकार पनि माग गरे। उनले भने, ‘केन्द्र सरकारले अधिकार दिन तदारुकता नदेखाए, प्रदेशको अधिकार छिट्टै ल्याउने अभियानमा लाग्छु र सम्मानित सभासँग अनुमति पनि लिन चाहन्छु।’

यस विषयमा नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्यले केन्द्रले आवश्यक कानुन बनाएर कार्यान्वयन गर्न सङ्घले तदारुकता नदेखाउँदा प्रदेश र स्थानीय तहलाई धेरै समस्या भएको र यसको समाधानको लागि मुख्यमन्त्रीको योजना माग गरेका थिए।

त्यसै गरी एमालेका प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले प्रदेशमा एमालेसँगको सहकार्यबारे प्रश्न गरेका थिए। जसको जवाफमा मुख्यमन्त्री कार्कीले सरकारले एमालेको साथ नछाडेको बताएका थिए। उनले भने, ‘नेकपा एमाले आफैँ सत्ता पक्षको कुर्सीबाट प्रतिपक्षको कुर्सीमा बसेको जगजाहेर छ।’

एमाले आफैँ सत्तापक्षबाट विपक्षीमा उभिन पुगेको बताएका मुख्यमन्त्री कार्कीले भने, ‘मैले खोला तर्दा लौरो बिर्सिएको उखान छ। तर, मैले लौरो बिर्सेको छैन। लौरो सुरक्षित राखेको छ। लौरोचाहिँ भाँचिन भएन। लौरो आत्तिएर आवेगमा आएर नछुट्टिएको भए, एमालेका मन्त्रीलाई मैले निकालेको होइन। केन्द्रको मुख ताकेको भए एमालेसँगको सम्बन्ध गठबन्धनबाट मात्र बनाउँथे होला।’ नेकपाका पूर्व मुख्यमन्त्रीको एजेन्डालाई निरन्तरता दिन सहमति र सहकार्यको सर्वदलीय सरकार बनाउने अधिकतम प्रयास गरेको मुख्यमन्त्री कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस