७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हत्या मुद्दामा थुनामा रहेका निलम्बित सांसद धरौटीमा रिहा

अ+ अ-

काठमाडौँ । हत्या अभियोगमा दुई महिनादेखि पुर्पक्षका लागि सप्तरीको राजविराज कारागारमा रहेका मधेश प्रदेशका निलम्बित सांसद अनिरुद्रप्रसाद सिंह धरौटीमा रिहा भएका छन् ।

उच्च अदालत जनकपुरको राजविराज इजलासले १ लाख २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै उनी धरौटी बुझाएर छुटेका हुन् ।

उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र पूर्णप्रसाद राजवंशीको इजलासले आज जिल्ला अदालत सप्तरीले गत भदौ १९ मा सिंहलाई पुर्पक्षका लागि कारागार पठाउने दिएको आदेश बदर गर्दै १ लाख २० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको बुझिएको छ ।

१६ वर्ष अगाडि माओवादी नेता दीपु भनिने गोविन्द चौधरीको हत्यामा संलग्न रहेको भन्दै सिंह सहितका केही व्यक्तिमाथि मुद्दा दर्ता भएको थियो ।

लामो समय मुलतवीमा रहेको उक्त मुद्दामा सप्तरी जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले गत भदौ १९ गते सिंहलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको थियो ।

मुद्दा चलेकै अवस्थामा सिंह सप्तरी क्षेत्र ४ (२) बाट स्वतन्त्रबाट चुनाव जिते । पछि उनी जनता समाजवादी पार्टी ९जसपा०मा प्रवेश गरे । तर पक्राउ परेपछि उनी निलम्बित छन् ।

प्रतिक्रिया दिनुहोस