९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयरसँगको टसलपछि ४४ दिनमै हाकिमले छाडे बुटवल उपमहामगर, अनुचित दबाब दिएको आरोप

अ+ अ-

काठमाडौँ । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुसाल ४४ दिनमै काठमाडौँ फर्किएका छन् । उद्योग मन्त्रालयबाट सरुवा भएर असोज ७ मा उपमहानगरमा हाजिर भएका भुसाल कार्तिक २१ मा काम नगर्ने गरी काठमाडौँ फर्किएका हुन् ।

उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको कार्यशैलीसँग आफू ‘फिट’ नभएको भन्दै भुसाल मङ्गलवार काठमाडौँ फर्किएका हुन् । प्रमुख पाण्डेयले विधि र पद्धतिभन्दा बाहिर गएर काम गर्न दबाब दिएको भुसालको भनाई छ । उनले भने, ‘मेयर साबको स्पीड आफ्नै हुन्छ । तर, कर्मचारीले विधि र पद्धतिभन्दा बाहिर गएर काम गर्न मिलेन, विधि, पद्धति र प्रक्रिया अनुसार काम गर्दा ढिलो पनि हुनसक्छ । काम गर्दै गर्दा स्वाभिमान पनि खोज्छ ।’ आफूमा भएका राम्रा गुणहरूलाई जोगाई राखौँ भन्ने चाहना आफ्नो रहेको उनले बताए ।

नगरप्रमुख पाण्डेयले कानूनविपरीत करारमा कर्मचारी राख्न अनावश्यक दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृतसँग टसल भएको स्रोतले बतायो । प्रमुख प्रशासकीय अधिकृत काठमाडौँ फर्किएको बारेमा बुझ्न खोज्दा प्रमुख पाण्डेय खुलेर बोल्न चाहेनन् । ‘मलाई केही थाहा छैन । उहाँ किन काठमाडौँ जानु भयो ? उहाँसँगै बुझ्नुस् । उहाँ बिच बिचमा काठमाडौँ गई राख्नु हुन्थ्यो,’ प्रमुख पाण्डेयले भने, ‘दिनभरि अफिसमै हुनुहुन्थ्यो । साँझ म काठमाडौँ आएको छु भन्नु भयो । के को लागि जानु भयो थाहा भएन ।’ पाण्डेयकै रोजाइमा उनी बुटवल गएका थिए । 

उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत बिच विवाद भएपछि प्रशासकीय अधिकृत काठमाडौँ गएकोबारे कार्यालयकै कर्मचारीले सुनाएको बताइन् । घटनाबारे बुझ्दा प्रमुख प्रशासकीय अधिकृत भुसालले काम गर्न सक्ने वातावरण नभएपछि काठमाडौँ आएको जानकारी दिएको अर्यालले बताइन् । उनले भनिन्, ‘तपाईँ (मेयर) र हाकिम (प्रमुख प्रशासकीय अधिकृत) बिच के भएको हो ? मलाई बताउनुस् सबैले सोध्न थाले भन्दा मेयरसाबले भन्नु भयो, मैले बोलाएर काम राम्रो भएन, काम राम्रोसँग गर्ने भए गर्नुस् नभए नगर्नुस् भनेको हुँ ।’   

बुधवारको कार्यपालिकाको बैठकमा केही जनप्रतिनिधिले प्रमुख प्रशासकीय अधिकृत भुसालले उपमहानगरपालिका छोडेको विषयमा प्रश्न उठाएका थिए । भुसाल काठमाडौँ आएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत जिम्मेवारी मित्रमणि खनालले पाएका छन् । बुधबार कार्यपालिकाको बैठक निमित्त प्रमुख प्रशासकीय अधिकृत खनालसहित बसेको थियो ।

एमाले उपमहानगर कमिटीको आपत्ति

नेकपा एमाले बुटवल उपमहानगर कमिटीले उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको कार्यशैलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कमिटीका अध्यक्ष किसन ज्ञवालीले विज्ञप्ति निकालेर पाण्डेयले संविधान र कानुन विपरीत स्थानीय स्वायत्त शासनलाई समेत कुल्चिँदै आफ्नो व्यक्तिगत तजबिजमा कानुनलाई समेत हातमा लिएर जनविरोधी कार्य गर्दै आइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 

कानुन र नियम विपरीत व्यक्तिगत इगोमा बहालवाला कर्मचारीलाई निष्कासन गरी आफ्ना अनुकूलका आफन्तलाई भर्ती गर्ने र स्थानीय सरकारको बजेट तजबिजमा अनुदान बापत वितरण गर्न कार्यकारी प्रमुखलाई दबाब दिएको प्रति विज्ञप्तिमा खेद प्रकट गरिएको छ । ‘बहुमतको दम्भ देखाउँदै कर्मचारीहरूलाई कठपुतली बनाउने जस्तो असंवैधानिक कार्य गरिरहेका छन्, जसले सिङ्गो उपमहानगरको विकास, निर्माण, आर्थिक संवृद्धि र सुशासन धरापमा परेको छ । यस कार्य प्रति गम्भीर रूपमा आपत्ति प्रकट गर्दै अबका दिनमा त्यस्ता अनैतिक गतिविधि नगर्न नगराउनुहुन सचेत गराउँदछौँ, विज्ञप्तिमा भनिएको छ । गलत मनसाय बोकी आफ्नो काम, कर्तव्य र अधिकार क्षेत्र भन्दा बाहिर गई कानुन हातमा लिई निरङ्कुशता प्रदर्शन गरेर अनैतिक कार्य गरेको पाइएमा थप सशक्त विरोधमा उत्रन बाध्य हुने एमाले उपमहानगर कमिटीले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस