८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भौतिक पूर्वाधारमन्त्री ज्वालाद्वारा सडक आयोजना निरीक्षण

अ+ अ-

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डको आज निरीक्षण गरेका छन् । पोखरास्थित सेती नदीमा बन्ने पुलको शिलान्यासका लागि आउनुभएका उहाँले पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको आज स्थलगत निरीक्षण गरेका हुन् ।

जामुनेबाट कोत्रेसम्मको खण्डको काम सुस्त भएपछि मन्त्री ज्वालाले निरीक्षण गरेका हुन् । त्यस क्रममा मन्त्री ज्वालाले आयोजनाको कामलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको औँल्याए ।

सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई द्रुतगतिमा अगाडि बढाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो । गण्डकी प्रदेशको ‘लाइफ लाइन’का रूपमा रहेको पृथ्वीराजमार्गको यो खण्डका केही ठाउँमा कामको गति अति सुस्त रहेको भन्दै उहाँले चाडो सक्न निर्देशन दिए ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी एनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । 

पूर्वी खण्डको काम सन्तोषजनक रहे पनि पश्चिम खण्डको काम अत्यन्तै न्यून गतिमा भइरहेको छ । सरकारले पश्चिम खण्डको ठेक्का तोड्ने गरी छलफलसमेत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस