डोटी । डोटीको के आई सिंह गाउँपालिका-२ बुहार गाउँमा बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
बोगटान फुड्सिल गाउँपालिका बाट दिपायल तर्फ आउँदै गरेको सु.प.प्र.०३००१ज ०००५ नम्बरको बोलेरो जिप आइतबार दिउसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए ।
दुर्घटनामा परि गाडी चालक के आई सिंह गाउँपालिका वडा नम्बर ६ भाटगाउँका वर्ष ३० का टेक बहादुर भाट र गाडीमा सवार बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर २ कानाचौरका १९ वर्षीय वीरेन्द्र बोहरा घाइते भई राजपुर स्थित सुजङ अस्पतालमा उपचार भइरहेको दुवैको अवस्था सामान्य रहको प्रहरीले जनाएको छ । गाडीमा दुई जना मात्र सवार रहेको बुझिएको छ ।
गाडी सडक बाट ६० मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक जानकारी अनुसार गाडीको ब्रेक फेल भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।