काठमाडौँ । आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई ४ सय ११ रनको लक्ष्य दिएको छ ।
बेङ्ग्लोरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ४ सय १० रन बनाएको छ । भारत अपराजित रहँदै १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स चार अङ्कका साथ पुछारमा छ ।
विश्व कप क्रिकेटको सेमिफाइनल समीकरण यसअघि नै पूरा भएको छ । घरेलु टोली भारत, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्यान्ड अन्तिम चारमा पुगेका छन् । पहिलो सेमिफाइनलको खेल नोभेम्बर १५ तारिखमा वाङखडेमा र दोस्रो सेमिफाइनलको खेल इडेन गार्डेन स्टेडियममा नोभेम्बर १६ तारिखमा हुनेछ ।