काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सरकारले आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णय गरेको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सरकारको निर्णयप्रति आक्रोश व्यक्त गरेका हुन् ।
‘निरंकुश सरकार ! आफ्नो आलोचना सहन नसकेर टिकटक बन्द गराउने निर्णय गरेछ’, मेयर साम्पाङले लेखेका छन् ।